निरुता सिंहलाई डेंगु

लामो अन्तरालपछि अभिनयमा फर्किएकी अभिनेत्री निरुता सिंहलाई डेंगु रोग देखा परेको छ ।

चलचित्र ‘क्याप्टेन प्रचार९प्रसारका लागि केह‍ी समय अगाडि उनी नेपालगञ्ज गएकी थिइन् । त्यही बेला उनलाई डेंगु भएको हुनसक्ने बताइएको छ । अहिले उनी मुम्बईमा उपचार गराइरहेकी छिन् ।

फाल्गुन १७ गतेबाट प्रदर्शनमा आएको चलचित्र क्याप्टेनको एउटा गीतमा उनको अभिनय छ । चलचित्र छायांकनको समयमा पनि आफूलाई सञ्चो नभएको र निकै जाडो हुने गरेको उनले बताउने गरेकी थिइन् ।