अपराह्न ४ः१५ बजे प्रधानमन्त्री निवास बालुवाटारको सभाहल मन्त्री सांसददेखि सर्वसाधरणको खचाखच थियो । सोही भिडमा प्रधानमन्त्री केपी शर्मा ओली छिरे । उनको सम्मानमा उठेर सबैले स्वागत गरे । प्रधानमन्त्री बसेको ठीक अगाडि ‘अग्निदहन’ नामक फिल्मको अवलोकनका लागि पर्दा प्रतिक्षारत् थियो । जब प्रधानमन्त्रीको नजर त्यतातिरै प¥यो । लगत्तै उठेर प्रधानमन्त्रीले प्रोजेक्टरको स्वीच अन गरे ।
सन्दर्भ थियो, अन्तर्राष्ट्रिय नारी दिवस । बोक्सी जस्ता कुप्रथा उन्मुलनका निम्ति निर्माण गरिएको विशेष सामाजिक शिक्षा र चेतनामुलक चलचित्र अग्निदहनको अवलोकन । प्रधानमन्त्रीले निकै भावुक मुद्रामा १ घण्टा ५५ मिनेट लामो चलचित्र हेरे । चलचित्र हेरिसकेपछि प्रधानमन्त्रीले अभियान्ता र कलाकारसँग केहीबेर भलाकुसरी गरे ।
‘मान्छे बोक्सी कहिल्यै हुन्न’ राष्ट्रिय जागरण प्रतिष्ठानले प्रस्तुत गरेको उक्त चलचित्र बोक्सीजस्तो कुप्रथालाई कसरी चेतना फैलाएर कुसंस्कारको निर्मूल पार्न सकिन्छ भन्ने कथालाई उजागर गरेको छ । अभियानका संयोजक मोहनराज पौडेलकाअनुसार कथाको सारमा मान्छेमा चेतनको कमलीले अझै पनि समाजमा कुरितीका संस्कार कायमै छन् ।
खास गरी ज्येष्ठ नागरिक र श्रीमान्ले छोडेका वा अलपत्र पारिएका श्रीमती (जुन देशका पूर्वी र पश्चिम तराई) मानिस बोक्साबोक्सी हुदैनन्, यो एउटा मानसिक भ्रम हो । एक प्रकारको रोग हो । यदि बोक्सा बोक्सी हुन्छन् भने सबै पिडीका मानिस किन हुँदैनन् । बुढापिडी र तल्लो वर्गको मानिसलाई आक्षेप लगाउने जुन चलन छ, त्यसको अन्त्य होस् भन्ने चाहना कथाको निष्कर्ष पौडेलको भनाइ छ ।
कथाको मुख्यपात्र अनुपमा भण्डारी बेलायतमा अध्ययनरत् हुन्छिन् । २ महीनाको छुट्टीमा जन्मथलो फर्केकी छिन् । घाउँको कुप्रथाको शिकार बन्छिन् र मानिसको रोकको शिकार भई अस्पतालबाट नयाँ जीवनका साथ समाजमा चेतना फैलाउने भूमिकामा देखिन्छिन् । नाटकमा सशक्त अभिनय गरेकी प्रमिला तुलाचन ‘माइली दमिनी’ अर्थात् जो बोक्सीको आरोपमा गाउँलेबाट कुटपिटको शिकार बञ्छिन् ।
अर्को मुख्यपात्र हजुरबा प्रकाश घिमिरे जो गाउँको चर्चित शिक्षकको भूमिका निभाउनुभएको छ भने माउत्से गुरुङले धामीझाक्रीको अभिनय गर्नुभएको छ । त्यस्तै चिकित्सकको भूमिकामा वास्तविक डा निर्मल लामिछाने हुन् । गाउँको अन्धविश्वासले बोक्सीको आशंकामा अनुपमा मानसिक रोगी बञ्छिन् । झारफुक अनेक गर्दा पनि निको नभएपछि अस्पताल लगिन्छ, त्यहाँ धेरै प्रकारको परीक्षण गर्दा पनि रोग पत्ता लाग्दैन र अन्त्यमा मानसिक अस्पताल पुगेर उपचार सफल हुन्छ ।
चिकित्सकले मान्छे कहिल्यै बोक्सी हुँदैन भन्ने सन्देश दिन्छन् । अनि बोक्सीको आरोप लागेकी माइलीलाई अस्पताल लगेर उपचार गरेर त्यहा जागिरसमेत दिलाउँछन् । उनले पनि आफ्नो जागिरको आधा रकम त्यस्तै बिरामीका लागि खर्च गर्न कोष खडा गर्छिन् । यो सामाजिक अभियानमा सबै वुद्धिजीविले साथ दिन्छन् र गाउँमा माइलीको भब्य सम्मान गरिन्छ ।
अग्निदहन डकुमेन्ट्री नभई ठूलो पर्दाको चलचित्र हो । फिल्लमा लगानी गर्नुभएका पौडलले चलचित्रमा मात्रै रु १ करोड र अभियानसहित डेढ करोड खर्च भइसकेको छ । २ वर्षअघि निर्माण गरिएको यो चलचित्रको यसअघि राष्ट्रपतिले उद्घाटन गरेका थिए ।
भोजपुरी र मैथली भाषामा पनि उल्था गरेर चलचित्र छिट्टै हलहरूमा प्रदर्शनीमा आउने निर्माण पक्षले जानकारी दिएको छ । पौडेलका अनुसार बोक्सीजस्तो कुप्रथाको जघन्य अपराधको सत्य घटनामा आधारित यो फिल्मले सबैलाई भाबुक बनाएको थियो ।
कसैले समाजमा बोक्सा बोक्सीको आरोप लगाएको व्यक्ति पनि समाजमा उदाहरणीय सामाजिक अभियान्ता बन्न सक्छ भन्ने सन्देश चलचित्रको अन्तिम सन्देश रहेको छ । चलचित्रको पटकथा लोकमणि पौडेल र निर्देशन धनश्याम लामिछाने गरेका छन् ।
चलचित्र हेरेपक्षी संक्षिप्त प्रतिक्रिया दिँदै सांसदहरू विष्णु शर्मा, बिना बुडाथोकी, इन्दु कडरिया, उदया शर्मालगायतले समसामयिक समाजमा घट्ने बोक्सी प्रथाको अन्त्यका लागि चलचित्रले गहकिलो सन्देश दिएको उल्लेख गर्दै बोक्सीप्रथा समाजमा जरा गाडेको कुप्रथा र कुरीतिलाई हडाउन अभियान नै चलाइनुपर्ने खाँचो औँल्याए ।





