भीरबाट खसेको ढुंगा लागेर ड्राइभरको मृत्यु

भीरबाट खसेको ढुंगा ट्रकमा लाग्दा १ जनाको ज्यान भएको छ । वालिङ नगरपालिका १३ गाहाँखोला स्थित सिद्धार्थ राजमार्गमा वालिङबाट गल्याङतर्फ जाँदै गरेको ग१क ३७७२ को मिनी ट्रकमा बाटो माथिबाट अचानक ढुंगा खस्दा चालक प्रेम शर्माको मृत्यु भएको हो ।

स्याङजाको पुतलिबजार नगरपालिका ३ बस्ने वर्ष २८ का शर्मालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । ट्रकमा सबार अरु २ जना भने सकुसल छन् ।