
केही समय अगाडीमात्र विश्व युद्धमा प्रयोग र प्रहार भएको बम फेला परेको थियो । त्यसोत बेलायत , जापान लगायतका देशहरुमा पनि विश्व युद्धमा प्रहार भएका बमहरु फेला परेका थिए । यसैबीच भारतमा पनि दोस्रो विश्व युद्धमा बिस्फोट नभएको बम फेला परेको छ । कोलकत्तामा नेता सुभाष बन्दरगाहमा ४५० किलोग्रामको बम फेला परेको हो । शुक्रवार बन्दरगाह सरफाइ गर्दा उक्त बम फेला परेको थियो । उक्त बम अमेरिकी सेनाले सन् १९४५ मा चीन–बर्मा–भारत युद्धक्षेत्रमा प्रयोग गरेको भारतले जनाएको छ ।
बम फेला पर्ने बित्तिकै बन्दरगाहका कर्मचारीले तत्काल कोलकातास्थित भारतीय नौसेनालाई खबर गरेका थिए । खबर पाउँने बित्तिकै घटनास्थल पुगेका नौ सेनाले बम निष्क्रिय पारेका थिए । यदि शो बम बिस्फोट भएको भए आधा किलोमिटर वरपरका व्यक्ति मानिस मर्ने त्रास फैलिएको थियो ।
बम निष्कृय पारिएपछि पश्चिम बंगालका नौसेना अफिसर इन चार्ज कमान्डर सुप्रभो के. डेले भने ‘अनुसन्धानका क्रममा उक्त बम अमेरिकी सेनाले बनाएको पुष्टि भयो । दोस्रो विश्वयुद्ध समाप्त भएपछि यो बम यहीँ रहेछ । बम पानीमा खसेको रहेछ । यो अब पूरै सुरक्षित छ ।’ दोस्रो विश्व युद्धको क्रममा पहिले किङ जर्ज बन्दरगाह को चिनिएको नेताजी सुभाष बन्दरगाहको प्रयोग अमेरिकी सेनाले गर्ने गरेका थिए ।