![](https://nepaldut.com/wp-content/uploads/2018/12/oli.jpg)
नेकपा स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाबी भएका छन् । बैठक पहिलो दिनदेखि समापनसम्मै प्रचण्ड बलियो देखिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली कमजोर देखिए ।
ओली भने रक्षात्मक रुपमा प्रस्तुत भएका थिए । पार्टी एकताको दिन (जेठ ३) ओली–दाहाल दुवैले आफूलाई एउटै जेटका ‘जोर पाइलट’ घोषणा गरेका थिए । तर, एकतापछि २० मिनेटका दरले सबै स्थायी समिति सदस्यले बोल्ने समय पाएको पहिलो बैठकमा प्रचण्ड एकछत्र ‘हाबी’ देखिएको एक स्थायी समिति सदस्यले बताए ।
तल्लो तहसम्मको एकता प्रक्रिया लम्बिएको, सरकारको काम प्रभावकारी बन्न नसकेको भनी नेतृत्वको आलोचना बढिरहँदा स्थायी समिति बैठक बसेको हो । दाहालले बैठकमा आफूलाई सन्तुलित रूपमा प्रस्तुत गरका थिए ।
त्यसैले उनी नेताहरूको आक्रमणको तारो बनेनन् । बरु उनी असन्तुष्ट नेताको मन जित्न समेत सफल भएका छन् भने, उनले अबको पार्टी नेता आफू भएको सन्देश दिए ।
एक स्थायी समिति सदस्यका अनुसार, दाहालले यो पटकको स्थायी समिति बैठकमा सबै नेताहरूलाई उत्तिकै परिचालनको अवसर पाए । आगामी दिनमा पनि पार्टी भित्रको समीकरण आफू अनुकूल राख्न सके दाहाल सफल दरिने ती नेताको भनाइ रहेको छ ।