
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई अल अजिजिया भ्रष्टाचार मामलामा ७ वर्षको जेल सजाय भएको छ । भ्रष्टाचार विरोधी अदालतमा सोमबार भएको फैसला अनुसार शरीफलाई ७ वर्षको जेल सजाय तोकिएको हो ।
फ्लागसिप इन्भेस्टमेन्टसम्बन्धी मुद्दामा प्रमाणको कमीका कारण शरीफले छुट पाएका छन् । ७ वर्षको फैसलासँगै शरीफलाई २५ लाख डलर जरिवाना पनि गरिएको छ ।
शरीफ यस अघिदेखि नै भ्रष्टाचारकै अभियोगमा जेल सजाय काटिरहेका छन् । पाकिस्तानको सर्वोच्च अदालतले उनलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरिदिएको थियो । शरीफमाथिको फैसलाभन्दा पहिले अदालत बाहिर विरोध प्रदर्शन भएको थियो। शरीफ समर्थक र पुलिसबीच भिडन्त भएको थियो ।
भ्रष्टाचार निवारणसम्बन्धी अदालतका न्यायाधीश मोहम्मद अरशद मलिकले इस्लामावादको अदालतमा गरेको फ्लागशीप इन्वेस्टमेन्ट र अलअजिजियासम्बन्धी मुद्दामा फैसला गरेका हुन् ।