प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै भारतीय प्रशासनले एक जना पत्रकारलाई एक बर्षको जेलसजाय तोकेको छ ।
सामाजिक सञ्जालमा प्रेषित सन्देशलाईलिएर पत्रकारलाई थुन्नुलाई आलोचकहरूले वाक स्वतन्त्रतामाथिको कठोर नीतिको पछिल्लोउदाहरण भनेका छन् ।
गत महिना उत्तरपूर्वी राज्यमनिपुरबाट पक्राउ परेका पत्रकार किशोरचन्द्र वाङखेमलाई कठोर कानूनी उल्लङ्घन(डार्कोनियन ल) सजाय अन्तर्गत एक बर्षको जेल सजाय गरिएको हो । उक्त कानूनीप्रावधान अनुसार भारतमा कसैले ओहोदामा रहेका अधिकारीमाथि दुब्यवहार वा गालिगलौजगरेमा अदालती सुनुवाइ विना नै एक बर्ष जेलमा राख्न सुरक्षा अधिकारीहरूलाई छुट छ ।
अनान्चालीस बर्षीय टेलिभिजन पत्रकार वाङखेमले प्रधानमन्त्री मोदीलाई गाली गरेको ‘उत्तेजक’ दृष्यचित्रलाई सामाजिक सञ्जालमा राखेको आरोप लगाइएको छ । पोस्टमा पत्रकार वाङ्खेमले भारतीय प्रधानमन्त्री मोदी रमनिपुरका मुख्यमन्त्री बिरेन सिंहको सरकारले हिन्दू धर्मको प्रचारमा लागेको भन्दै ‘अभद्र’ गाली गलोज गरेको भिडियो पोस्ट गरेकाबताइएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसारपत्रकार वाङ्खेमले आफ्नो पोस्टमा मुख्यमन्त्री सिंहलाई प्रधानमन्त्री मोदी र कट्टरहिन्दूवादी राष्ट्रिय स्वयम्सेवक संघ (आरएसएस) को ‘कठपुतली’ भएको भन्ने भावको भिडियो राखेको बताएका छन् ।
अधिकारीहरूले पत्रकार वाङ्खेमको पक्राउ राज्यको सुरक्षामा आँच आउने काम गर्ने प्रवृतिलाई रोक्ने उद्देश्यले छन् ।
भारतमा गत महिना पहिले एक जना शिक्षकले प्रधानमन्त्री मोदीलाई ‘कुकुर’ भन्दै गाली गरेपछि छिमेकी राज्य आसाममा उनलाई पक्राउ गरिएको थियो ।