वेलनन र कालिकाको जीत

निजी तथा आवासीय विद्यालयको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (युनिप्स)को चौथो स्र्पोट्स मिट अन्तर्गत फुटबल, भलिबल र कब्बडीका खेल जारी छन् ।

प्रतियोगिता संयोजक धु्रव गिरीले शुक्रबार भएका छात्र फुटबल खेलतर्फ वेलनन एकेडेमी र कालिका मावि विजयी भएकोब ताए । वेलननले पिनाकललाई १–० र कालिकाले गेफ सेकेन्डरीलाई १–० गोलले पाखा लगाएका हुन् ।


भलिबल छात्रतर्फ वेलनन र एकता सेकेन्डरी विजयी भएका छन् । प्रतियोगितामा वेलननले सत्य साई र एकताले स्मल हेभेनलाई सोझो सेटमा जितेका हुन् । छात्रा भलिबलमा होली एन्जलले एकता सेकेन्डरीलाई र कालिकाले वेलननलाई हराए ।


जुनियरतर्फ छात्र कब्बडीमा पिनाकल र गेफ सेकेण्डरी विजयी रहे । खेलमा पिनाकलले स्मल हेभेन र गेफले वेलननलाई पराजित गरेका थिए । जुनियर छात्रातर्फ जनकल्याण र होली एन्जलले खेल जितेका छन् ।


कब्बडी छात्रा जुनियरमा गेफ सेकेन्डरी, ज्ञानकुञ्ज, जनकल्याण, र होली एन्जल विजयी रहे । जनकल्याणले गेफलाई र होलीले ज्ञानकुञ्जलाई जितेको हो । छात्र कब्बडी मावितर्फको कालिकाले एकता र ज्ञानकुञ्जले होली एञ्जलमाथि जीत दर्ता गराए ।


प्रतियोगितामा युनिप्स अन्र्तगत कास्कीका १८ विद्यालयका ३ हजार विद्यार्थीको सहभागिता अध्यक्ष शान्ता गुरुङले जानकारी दिइन् ।