जनमोर्चा बागलुङ नयाँ समिति

राष्ट्रिय जनमोर्चा बागलुङ अध्यक्षमा अमर थापा निर्वाचित भएका छन् । छैटौं सम्मेलनबाट उनी चौंथो पटक अध्यक्ष बनेका हुन् ।


सम्मेलनले २७ पूर्ण र ८ वैकल्पिक गरी ३५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा धर्मबहादुर कुँवर, सचिवमा भीमलाल पोख्रेल, सहसचिवमा डिलकुमारी पुन र कोषाध्यक्षमा डिलबहादुर दर्जी छन् ।


सदस्यमा खिमबिक्रम शाही, थम्मन घर्ती, दीपकथापा, कृष्ण पौडेल, थानेश्वर सुवेदी, दुर्गादेवी घर्ती, रुद्राकुमारी क्षेत्री, पनबहादुर विक, लक्ष्मण पुन, विष्णु बस्नेत, नेत्र बुढाथोकी, तीर्थसिंह थापा, लोकनाथ शर्मा, हीराबहादुर थापा, कृष्णा पुन, ठाकुर शर्मा, धनबहादुर अदै, लीलादेवीशर्मा, डिलबहादुर श्रीष, पदमश्रेष्ठ, ओमबहादुर थापा र केशकुमारी बुढा छन् ।


वैकल्पिक जिल्ला सदस्यमा योगेन्द्रराज पौडेल, खडकबहादुर विक, प्रेम गौतम, ताराकुमारी पुन, कोपिलाथापा, डिलकुमारी श्रीष, आशा रोका र पूर्णा चालिसे निर्वाचित भए । ९ सदस्यीय सल्लाहकारमा कृष्ण थापा, काजी गाउँले श्रेष्ठ, वेदीलाल सापकोटा, टंकबहादुर केसी, टीकाराम शर्मा, गौरीश्वर पाण्डे, अर्जुन खत्री, तमबहादुर घर्ती र अमर खत्री छन् ।


सम्मेलनले ५ सदस्यीय लेखा समिति पनि गठन गरेको छ । समितिको संयोजकमा मित्रदत्त ढकाल, पुष्कर सापकोटा, कृष्ण आचार्य, सुनमाया ढकाल र दुर्गा भण्डारी छन् ।