एलिनाको अध्यक्षतामा महानगर बाल मञ्च

पोखरा महानगर बाल मञ्चको अध्यक्षमा एलिना श्रेष्ठ चयन भएकी छन् । पोखरा महानगरपालिका सामाजिका शाखाको सहयोगमा सम्पन्न भएको महानगर स्तरीय बाल भेलाले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको उपाध्यक्षमा सुवास अधिकारी,सचिवमा सन्देश वि।क,सहसचिवमा सोनिका बराल,कोषाध्यक्षमा प्रदिप राज पाण्डे चयन भएका छन् ।त्यस्तै सदस्यमा क्रमश मौसमी अधिकारी,उद्दार अधिकारी,विनु माया प्रजा,उत्तम सुनार,अनुपम सुवेदी,शिव मगर,कविता थापा,सीमा थापा,निलकण्ठ त्रिपाठी र प्रतिष्ठा पौडेल रहेका छन् ।

वडा तथा वडा बाल मञ्चका प्रतिनिधिसंगै बालगृह तथा संस्थाबाट संरिक्षत बालबालिकाहरु सहभागी भेलामा बालअधिकारकर्मी तथा अधिवक्ता कुञ्जनी परियार प्यासीले सहजिकरण गरेकी थिइन् । बालभेलामा नयाँ कार्यसमिति चयन गर्नका लागि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका बालबालिका स्रोत व्यक्ति मिठु आचार्यको संयोजकत्वमा ५ सदस्य निर्वाचन समिति गठन भएको थियो ।गठन भएको समितिले समावेशीताको आधारमा एलिना श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

भेलामा पोखरामा बालबालिकाको क्षेत्रमा क्रियाशील रहेका अभियन्ताहरु सहभागी रहेका थिए । आफू चयन भएपछि नवनियुक्त उपाध्यक्ष सुवास अधिकारीले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,”आफ्नो कार्यकालभर म निस्वार्थ भावले आफ्नो जिम्मेवारी पुरा गर्ने छु ।”अधिकारी बालबालिकाको क्षेत्रमा निकै संवेदनशील रहेका छन् ।पोखरालाई सन् २०१९ सम्ममा बालमैत्री सहर बनाउने विषयमा भने अन्योल देखिएको छ । सुरुमा २०१८ लाई मिति तय गरिएको भएपनि त्यसबेला पोखरा र लेखनाथ गाभिएको भन्दै मिति टाढिएको थियो । अहिले मिति नजिकिदै गर्दा पोखरामा बालबालिकाको क्षेत्रमा प्रभावकारी रुपमा काम भने भएको देखिदैन । त्यसैले यो मिति पनि टर्ने लगभग पक्का नै भएको छ ।