जेसीआइ पोखराले शुभकामना आदानप्रदान तथा पारिवारिक भेटघाट गरेको छ । १८ देखि ४० वर्ष भित्रका युवाको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था जेसीआइ पोखराले मिस पोखरा औपचारिक समापनसमेत गरेको जनाएको छ ।
कार्यक्रममा समीर थापामगर, किशोरकुमार श्रेष्ठ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेस प्रमुख मणिराज लामिछाने, पोखरा उद्योग वाणिज्य संघका सदस्य सोवित पौडेल, जेसीआइ पोखराका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका उपाध्यक्ष गोविन्द देवकोटा, पूर्व अध्यक्ष नारायण शर्मा, दयाराम गौतम, पशुपति शर्मा, विष्णुबहादुर थापा, छवी सुवेदी, ममता जोशीको विशेष भूमिका रहेको संयोजक सूर्यबहादुर केसीले जानकारी दिए ।