१. सेतो र स्वस्थ दाँत ः स्याउ चपाँउदा र टोक्दा निस्कने रयालले दाँत सड्नबाट बचाउनुको साथै ब्याक्टेरियाको संख्या घटाउछ ।
२. एल्जाइमर हुन दिदैन ः स्याउले मस्तिस्कलाई बूढो हुन दिदैन र हरदम स्वस्थ र तन्दुरुस्त राख्छ । डायबीटीज हुन दिदैन । हरेक दिन १ दाना स्याउ खाने मानिसमा टाइप २ डायबिटिज हुने सम्भावना २८ प्रतिशतले कम हुन्छ ।
३. कोलेस्टेरोल घटाउँछ ः स्याउमा पाइने घुलनसिल फाइबर आन्द्राको चिल्लो पदार्थसंग बाधिन्छ र शरीरमा कोलेस्टेटोलको मात्रा कम हुन्छ ।
४. स्वस्थ मुटु ः स्याउमा पाइने फाइबरले धमनीका भित्ताहरुमा कोलेस्टेरोल जम्न नदिई रक्तसञ्चारलाई स्वस्थ बनाई राख्छ । पित्तथैलीमा भएको पित्तमा कोलेस्टेरोलको मात्रा बढी भएमा त्यो जम्न गई पत्थरी हुन्छ । स्याउ खाँदा त्यसमा भएको फाइबरले कोलेस्टेरोलको मात्रा घटाई पित्तथैलीको पत्थरी हुन दिदैन ।
५. झाडा पखला तथा कब्जियत ः स्याउमा भएको फाइबरले झाडा पखलाको बेला धेरै पानी सोसी झाडा पखला नियन्त्रण गर्छ । त्यसैगरी कब्जियत भएको बेला त्यही फाइबरले कोलनबाट पानी तानी कब्जियत निको पार्न मद्दत गर्छ ।
६. तौल नियन्त्रण ः धेरै नसर्ने रोगहरु जस्तै मुटुरोग उच्च रक्तचाप मधुमेह आदि शरीरको तौलसंग सम्बन्धित हुन्छ । स्याउमा पाइने धेरै फाइबर र कम क्यालोरीले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ ।
७. कलेजोको शुद्धिकरण ः शरीरमा छिर्ने खानामा धेरै विषालु पदार्थ रहेका हुन्छन् । त्यसलाई शरीरको रक्तसञ्चार प्रक्रियासम्म पुग्नबाट रोक्ने काम कलेजोले गर्छ । जसले गर्दा कलेजोमा विषालु पदार्थ भरिएको हुन्छ । स्याउ त्यस्तो फल हो जसले कलेजोलाई शुद्ध र सफा गर्न मद्दत गर्छ ।
८. रोेगप्रतिरोधात्मक क्षमता ः स्याउमा पाइने क्युएरसेटिन नामक एन्टी अक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।