गत असारमा भएको विद्यालय तहको परीक्षा (एसईई) मा सामुदायिक तर्फ बलेवाको गणेश माविका आबिस्कार पौडेल र कुशल पौडेल जिल्ला टप भए ।कक्षा ८ र कक्षा ५ को जिल्ला स्तरीय परीक्षामा पनि गणेश माबिकै प्रनिङ रोका, प्रविन शर्मा र सुमन नेपालीनै जिल्लामा उत्कृष्ठ घोषित भए । २०६५ सालमा पहिलो पटक एसएलसी परीक्षामा सहभागि भएपछि यो बिद्यालयले हरेक बर्ष शतप्रतिशत बिद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।
शिक्षक र अभिभावकको सामुहिक पहलले यो बिद्यालय सफलतामा पुगेको प्रअ चुडामणी सुवेदी बताउ“छन् । ‘चार दशक अघिसम्म यहा“ बटुवा हिड्ने ठा“टी थियो, हामीले बिद्यालय मात्र बनाएनौं, जिल्लाकै उत्कृष्ठ घोषित गराएर छाड्यौं’ सुवेदीले भने, ‘दशकौं सम्म यो उचाई थाम्न हामी प्रतिबद्ध छौं ।’ शैक्षिक र व्यवस्थापकीय रुपमा उत्कृष्ठ भएपनि यो बिद्यालयलाई अझै अभिभावकले ठाटीको नाम दिन्छन् । व्यवस्थापन र परीक्षाफलमा पश्चिमाञ्चलको उत्कृष्ठ भएर बिद्यालयले पुरस्कार पनि पाईसकेको छ ।
बागलुङ नगरपालिका १४ नारायणस्थान स्थित गणेश माविले २७ जना निजी श्रोतका शिक्षक राखेर कक्षा १ देखि १२ सम्म अंग्रेजी र कम्प्युटर प्रविधिको पढाई संचालन गरिरहेको छ । ‘बटुवा हिड्ने क्रम रोकिएपछि बालबालिका पढाउने ठाउ“को रुपमा स्थापना गरेका थियौं’ विद्यालयका संस्थापक चक्रबहादुर खत्रीले भने, ‘हामीले पढ्न नपाएको पिडा सहन नसकेर विद्यालय बनाएका थियौं ।’ बालबालिकाले गुणस्तरीय शिक्षा पाउने वातावरणमा उनीहरुले अगुवाई गरेका छन् । अभिभावकले मासिक १० लाख बढी खर्चेर विद्यालय संचालन गरिरहेको उनले बताए ।
विद्यालय स्थापना कालकै भवनलाई सरसफाई र व्यवस्थापन गरेर कक्षा संचालनमा छ । पुरानै शैलीको भवन भएपनि सरसफाई, खानेपानी, शौचालय, अनुशासन र अतिरिक्त क्रियाकलापमा विद्यालय अब्बल देखिएको शिक्षा बिकास तथा समन्वय ईकाईका प्रमुख कुश्मराज उपाध्यायले बताए । ‘सरकारी दरवन्दी न्युन भएपछि अभिभावक र शिक्षकले चाहे भने गर्न सकिन्छ भन्ने यो उदाहरण बिद्यालय हो’ उपाध्यायले भने, ‘मेहेनतबाट सफलता पाईन्छ भनेर अरुले पनि अध्ययन गर्न लायक बिद्यालय हो । विद्यालयमा एकदुइवटा दरवन्दी थप्न सकेमा देशकै नमूना विद्यालय बन्न सक्ने उनले बताए ।
अभिभावकहरुले मासिक रुपमा चन्दा सहयोग गरेकै भरमा संचालन गर्न सकिएकोले बिद्यालयले धेरै सहयोग गरेका अभिभावकको नाममा कक्षा नामाकरण पनि गरेको छ । ‘चन्दादाताको सम्मानका लागि ४ लाखबढी सहायोग गरेकाहरुको नाउ“मा कोठाको नामाकरण गरिएको हो’ बिद्यालयका अध्यक्ष नारायण श्रेष्ठले भने, ‘यो अभियानले सहयोगीहरु थपिईरहेका छन् ।’ श्रेष्ठका अनुसार कोठा नम्बर १ को नाउ“ हरिसिंह घर्ती क्षेत्री, कोठा नं. २ को नाउ“ गंगादत्त आचार्य रहेको छ । यस्तै यहा“का २४ वटा कक्षाको नामाकरण भैसकेको हो ।
विद्यालयमा मावि तहका विद्यार्थीलाई कम्प्युटर ल्याव, आधारभूत तहका विद्यार्थीलाई ईपार्टी प्रविधि र आधुनिक पुस्तकालय पनि बनाइएको छ । अघिल्लोबर्ष महायज्ञ संचालन गरेर बोलकबोल भएको ३ करोड रुपैया“ले विद्यालय संचालन सहज भएको सुवेदीले बताए । उक्त रकम मध्ये केही भने अझै उठ्न बा“की छ । २०३७ सालमा प्रावि तहबाट स्थापित यो विद्यालयले २०६३ मा मावि संचालन गरेको थियो । अहिले हरेक विद्यार्थी विशिष्ट श्रेणी र प्रथम श्रेणीमा मात्र उत्तिर्ण हुने गरेका छन् । गुणस्तरीय शिक्षा दिन सकेकोले यहा“ आसपासमा निजी विद्यालय बन्द भएको श्रेष्ठले बताए । हाल ७ सय १७ विद्यार्थी अध्ययनरत विद्यालयले विज्ञान संकायको कक्षा ११ र १२ संचालन तयारी छ । अभिभावकले दिएको चन्दाकै भरमा विद्यालयले ३२ रोपनी जमिन खरिद गरेर कृषि व्यवसायमा पनि विद्यार्थीलाई आर्कषण बनाउने, व्यवहारिक ज्ञान सिकाउने तयारी गरेको छ । हाल विद्यालयमा बालबालिकालाई प्रोत्साहन दिनका लागि एकदर्जन बढी छात्रवृत्ति कोष स्थापना भएका छन् । ती कोषबाट बालबालिकालाई बार्षिक ३ हजार रुपैया“ सम्मको छात्रवृत्ति दिने गरिएको छ । विद्यालयले खेलकु“दको पनि प¥र्याप्त व्यवस्था गरेको छ । जिल्ला तहमा हुने राष्ट्रपति कपमा पनि यो विद्यालय अग्रस्थानमा पर्दै आएको छ ।