कविताः पोखरा

हिउँले बुनेको पछौरा ओढेर
“कुना” गाउँमा बसेकी
सगरमाथाकी बहिनी
पोखराकी चेली, माछापुच्छ«े
एकाबिहानै, लाजै नमानी
छाती खोलेर
पोखरातिर फर्केर मुसुक्क मुस्काउछे
सेताम्मे दन्तलहरमा
मध्य दिनमा फेवाताल सुटुक्क आउछे
तालको पानी, डुङ्गा र पर्यटनसँग
हनिमून मनाउन पोखरा भित्रिएका
नवदम्पत्ति शैलीमा
दिनभरि लाप्पा खेल्दै
मनभरि जिस्कीन्छे
पर्यटनहरु असामान्य आश्चर्यमा
क्यामरा डुलाउदैँ
लेन्स मिलाउदैँ
खिच्छन्, चर्चित मोडलको फोटो ।

सांघुरो गहिरो
डुड भित्र
डुम खेले झैँ लुक्दै
छेउछाम कोतर्दै
मादल बजाउदैँ ÷ देखिदै
बदल झैँ पखेटा फिजाएर
पmेरि लुक्दै
सेती खोला
नमर्ने चोला
पाएर
अविरल बग्दछ
तल–तल, सलल्ल् ।

ताललाई करेसाबारी बनाएको
बीचमा अवस्थित पुरानो घर
बराही मन्दिर
ताल मौलिएको चुपचाप हेरिरहेछ
उ पोखरेलीहरुलाई भन्न सक्दैन
तालका मुहार मैलदा
पर्यटक दृष्टी धमिलिन्छ
र पोखरालाई अति साह्रो दूख्छ
भित्र–भित्र बिचित्र पीडामा ।
प्रकृति पहिरनमा दूलही झैँ सिगारिएका
वरिपरि हरिया डाँडाहरुको सिरानीमा
हिमालतिर आङ् सेकाएर
लम्पसार हसिलो मुन्द्रामा सुतिरहेछ, पोखरा ।
प्रायः जसो वहिरहने स्व्च्छ हावाले
पोखराको पक्षमा
प्रदुषणको विपक्षमा
मत खसालिरहेछन् त्यसैले
पोखरा “पोखरा” भएको हो
नत्र भने मेरो पोखरा
घरी चिप्लेढुङ्गामा चिप्लेटी खेल्ने
घरी महेन्द्रपुल र के आई सिङ पुलमा
थोत्रो बोरा र
भmत्रो लुगासँग डुल्ने
अभागी, अपहेलित, असम्बन्धित
खाँते वालक झैँ
गर्मीमा तात्थ्यो
जाडोमा सेलाउथ्यो ।
अतः म पोखरालाई बचन दिन्छु,
तिम्रो चित्र आँखाभरि अटाउनेछु,
माया मन भित्र पट्याउनेछु,
जहाँ गए पनि, जहाँ भए पनि ।