इजरायलमा मृत्यु भएका नेपालीको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने भएको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो ।
हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १० १० लाख राहत दिने निर्णय पनि गरिएको छ ।
इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको छ भने केही घाइते छन् । बंकरमा लुकेका केही अझै उद्धारको आशमा छन् ।




