संखुवासभामा जेलभित्रै २ जना कैदीको मृत्यु भएको घटनामा कारागार प्रमुख राजेन्द्र घिमिरे र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला कारागार संखुवासभामा विनोद तोलाङी र आकाश बलामीको साउन २४ गते बिहान मृत्यु भएको थियो ।
मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि जिल्ला अदालत संखुवासभाले पक्राउ पुर्जी जारी गरेको हो । प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी प्रक्राउ परेका छन् ।




