मतदान केन्द्रमा देखियो दलप्रतिको दिक्दारी

आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा देशभरबाट कूल ६१ प्रतिशत मत खस्यो। यो पटक अपेक्षाभन्दा धेरै कम मत खसेको छ।

स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता भए पनि यो चुनावमा भने त्यो रौनक देखिएन। स्थानीय तहको चुनावमा अहिले निर्वाचन बहिष्कार गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा आफैं चुनावी मैदानमा उत्रिएको थियो। तर अहिले पनि यो स्थिति फरक बन्यो।

विप्लव सहितका केही पार्टी भने अहिले चुनावी बहिष्कारमा लागेका छन्। जसकारण स्थानीय तहमा भन्दा अहिले चुनावी सुरक्षा थ्रेट देखिएको छ।

१९ जिल्लाका ३३ स्थानमा होक्स बम भेटिएको छ भने विभिन्न ११ जिल्लामा हुलदंगा हुँदा प्रहरीले गोलीसमेत चलाएको छ।

विभिन्न ११ जिल्लामा प्रहरीले ४० भन्दा बढी हवाई फायर समेत गर्नुपरेको थियो। झडपका कारण विभिन्न ६१ मतदान केन्द्रमा मतदान रोकिएको थियो। तीमध्ये धेरैजसो मतदान केन्द्रमा केही समयपछि पुनः मतदान सुरु पनि भएको थियो। चुनावमा क्रममा भएको केही स्थानीय र प्रहरी समेत घाइते भए। बाजुरामा त एक स्थानीयले ज्यानै गुमाए।

यसरी विभिन्न त्रास र झडपका बीच निर्वाचन सम्मपन्न भएको छ।

कम मत खस्नुमा विभिन्न कारणमध्ये सुरक्षा थ्रेट पनि एक भएको पूर्व डीआईजी हेमन्त मल्ल बताउँछन्। ‘सुरक्षा थ्रेटका कारण मात्रै कम मत खसेको भन्न मिल्दैन। विभिन्न कारणमध्ये यो पनि एक हुनसक्छ,’ मल्लले भने।

यसको मुख्य कारण दलहरुप्रति देखिएको वितृष्णा, आक्रोश हो ।