एमालेबाट पोखराको मेयरमा १२ र उपमेयरमा ११ आकांक्षी

पोखरा महानगरपालिकाको मेयर पदका लागि एमालेमा १२ जनाले आकांक्षा देखाएका छन् ।

मंगलबार बसेको पोखरा महानगर कमिटीको बैठकमा १२ जनाले मयेरका लागि नाम दर्ता गराएका हुन् । मेयरका आकांक्षीमा वडाध्यक्षदेखि प्रदेश सांसदसम्म छन् ।

पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, कृष्णबहादुर थापा, राजीव पहारीले नाम टिपाएका छन् ।

पोखराको उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पँगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका प्रहारी, जीवनप्रसाद आचार्य, बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र सुष्मा पौडेलले बैठकमा उम्मेदवारी दर्ता गरेका छन् ।