चार मुक्तक

घोकाए छोरी होस् भनी सहन सिक्नुपर्यो
केही नबोलेस् भने आँखाले कहन सिक्नुपर्यो
गन्तब्य पुगेपछि सम्झेऊ भने थाहा पाउने छौ
कुल्चिएर गयौ म बाटो भइरहन सिक्नुपर्यो ।

उमार्यौ माया सम्हाल्न भनी घर बनाएँ मुटु
निमोठ्यौ फेरि आँसु बग्ने नहर बनाएँ मुटु
नभन अब मायाले फेरि पगाल्न चाहन्छु
तिम्रै चोट सहन पहिल्यै पत्थर बनाएँ मुटु ।

झुटो प्रेमको अन्तिम सम्म टिकेर जाँदै छु
तिमीमै अल्झेको मन मुटु झिकेर जाँदै छु
निमोठेर प्रेम रोजेर महल के जितेउ कुन्नी
हारे पनि खुशी छु म केही सिकेर जाँदै छु ।

अधिकार रजाइँ गर्नेलाई यो खबर नहोस्
ता कि दुरुपयोग गर्न अझै तरखर नहोस्
समानता हैन अब समता हेर् सरकार
एउटाको समस्या अरुको अवसर नहोस् ।