एमाले अध्यक्षमा उम्मेदवारी दिएका नेता भीम रावल आक्रोशित भएका छन् । आइतबार साँझ सामाजिक सञ्जाल उनले एमाले नेतृत्वप्रति आक्रोश व्यक्त गरेका हुन् ।
एमालेले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाएको छ भने सर्वसम्मत नेतृत्व प्रस्ताव गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । वर्तमान उपाध्यक्षसमेत रहेका रावलले यस्तो गतिविधिले बहुदलीय जनवादलाई कमजोर बनाउने जिकिर गरेका छन् ।
उनले लेखेका छन् ः
दिनभरी बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको संकेत पनि हो। यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ ।
एमाले नेता रावल पार्टीभित्र ओलीका आलोचक हुन् । पार्टीलाई पूर्ववत् रुपमा फर्काएर अरुलाई नेतृत्व दिए पनि सुदूरपश्चिम इन्चार्जमा रावललाई जिम्मेवारी दिइएको थिएन । नेता रावल पार्टीभित्रको अन्तसंघर्षमा नेता माधवकुमार नेपालसँगै थिए । फरक पार्टी गठनका बेला उनी एमालेमै बसेका थिए ।




