नेकपा माओवादी केन्द्रकी सांसद धर्मशीला चापागाईँले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गरेकी छन् ।
उनले डिकेन्द्र राजवंशीले बल्खु पार्टी कार्यालयमा आत्महत्या गर्न पर्नुको कारण पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोधिन् ।
प्रतिनिधिसभामा ओलीले जनयुद्धका क्रममा घाइते भएकाहरुको उपचार आफू गर्न तयार रहेको भन्दै थापाथलीस्थित एमाले पार्टी कार्यालयमा पठाइदिन भनेका थिए। आफूले लिनुपर्ने दायित्व नलिएको तर जनयुद्धका क्रममा घाइतेहरुको उपचार गर्ने लोकप्रिय कुरा गरेको चापागाईको आरोप छ ।
चापागाईको भनाइ
केही दिन अगाडि केपी शर्मा ओलीले सदनमा बोल्ने क्रममा जनयुद्धका क्रममा घाइते भएकाहरुलाई यदि उपचार पाउनु भएन भने मेरो पार्टी कार्यालयमा आउनु भन्नुभयो । मलाई के याद छ भने उहाँसँगै जेलनेल बसेका साना दुर्गा अधिकारी, मानकुरमा तामाङहरु कहाँ छन् सायद उनलाई थाहा छ रु त्यसैगरी धर्मप्रसाद घिमिरे हिजो संविधानसभा सदस्य पनि हुनुहुन्थ्यो ।
उहाँ गम्भीर बिरामी हुँदा प्रधानमन्त्री ९त्यतिबेला केपी ओली नै प्रधानमन्त्री० समक्ष उहाँको परिवारले आर्थिक सहायताका लागि अनुरोध पनि गर्यो तर हात लाग्न सकेन । उनको उपचार अभावले निधन हुन पुग्यो । त्यो भन्दा गम्भीर स्थिति डिकेन्द्र राजवंशीले बल्खु पार्टी कार्यालयमा आत्महत्या गर्न पर्नुको कारण के थियो रु म यो जान्न चाहन्छु । तर आज उहाँ जनयुद्धका क्रममा घाइते भएकाहरुलाई मेरो पार्टी कार्यालयमा आउ भन्दै हुनुहुन्छ ।’
केपी ओलीले भनेका थिए
नीति कार्यक्रममा द्वन्द्व पीडितको पनि कुरा गरिएको छ । द्वन्द्व पीडितलाई सम्मान १ पहिलो कुरो द्वन्द्व पीडितलाई न्याय दिनुस् । तपाईले बुट्टे खादा ओढाइदिएर, अल्मल्याउन खोजेको द्वन्द्व पीडितहरुलाई रु घाइतेहरुको उपचार गराउँछु भन्नुस् न । छातीमा गोली लागेकाहरूको गोली निकाल्छु भन्नुस् न । यदि सरकारले सक्दैन भने शरीरमा गोली भएकाहरुलाई एमालेको थापाथली पार्टी कार्यालयमा पठाइदिनुस्, म गर्छु ।




