बाँस जस्तै हुने मन छ।
किन किन आज
काटिएर, चिरिएर, घिस्रीएर पुग्न मन छ
सबै सबै माझ
मर्दा पनि मेरै नाम जताततै लिन्छ्न भन्छ
शुभ कार्य गर्दै गर्दा सिन्का बनी कुदिनुछ।
सालको पात माझ भन्छ।
कति गाह्रो हुँदो होला मलाई सिन्का बन्दा ?
तिम्रो हातले खुशी खुशी मलाई चिरा पार्दा!
तर पनि ऐयासम्म भन्दिन म हेर!
बनस्पति नाम दियौ काम त गर्दै पर्यो।
तिमीले सार्छौ जताजता उतै सर्न पर्यो।
कहिले पुग्छु आर्यघाट कहिले मन्दिरमा !
जताजता पुगे पनि मलाई खोज भन्दिन म!
हरियोमा तिम्रै काम सुक्दा पनि काम!
सहेकै छु काटी फाल्दा चर्को झरी चर्को घाम!
कहिले मलाई बंग्याएर बुन्छ्न। डोको,डाली,नांग्लो हेर!
चोया पारी रेसा पार्दा पीडा कतिकती हेर!
त्यही नभएर डुबाउँछ्न।पोखरीमा हेर!
अलि माथी आउँछ कि भनी चारैतिर थिचिदिन्छ्न।ढुँगा लागि हेर!
काटिनु,चिरिनु,भाँचिनु,पोलिनु,नियतिको खेल मेरो!
तर पनि पुगेकै तिम्रै सेरोफेरो!
यसैगरी सुखी भाको देख्छु।बाँस हेर!
त्यही हेरेर मलाई पनि बाँस झैं बन्ने मन छ यतिखेर ।
काठमाडौ
हाल पपुवा न्युगिनी
मिति:२०७८/०४/२८





