अबको बिकल्प: दलहरुको पुनर्गठन वा बिघटन

प्रसिद्द अमेरिकी लेखक मार्क टवेन एक पट्क एउटा पत्रिकाको कार्यालयमा काम गर्दथे।   मार्क कुरा गर्न त  खप्पिस थिए तर काममा ज्यादै अल्छी थिए। उनको त्यो स्वाभाव र  व्यबहार देखेर उनका सुपरभाईजर,  सहकर्मि र पत्रिकाका सम्पादक दिक्दार थिए। काम सुरु गरेको ६ महिना  हुँदा समेत उनको अल्छिपन र स्वभावमा खासै  सुधार भएन। मार्कको कामबाट वाक्क भएका पत्रिकाका मालिक एव सम्पादकले एक दिन मार्कलाई आफ्नो अफिसमा बोलाए र मार्कलाई भने- “तपाईं अल्छी हुनुहुदो रहेछ। तपाईं अल्छिपनको कारणले हामी तपाईंलाई कामबाट निकाल्नुको विकल्प छैन”। सम्पादकले जागिरबाट अवकास दिने कुरो सुने पछी मार्कले भने- ” म अल्छी र काम गर्न लाएक छैन भन्ने कुरा थाहा पाउन तपाईंलाई ६-६ महिना लाग्यो। म त अल्छि मात्र हुँ तर तपाईंको दिमाग गोबर भरिएको बुद्दु रहेछ। “

मार्कका मालिकलाई मार्क अल्छी छन र तिनीबाट काम हुँदैन भन्ने बुझ्न ६ महिना लाग्यो तर हामी नेपालीहरुले बिगत ७० बर्ष देखि देख्दै र भोग्दै आएका अहिलेका मुलधारका दल र तिनका नेतृत्वबाट देशको सम्वृदि र लोक कल्याणकारी राज्यको स्थापना हुँदैन भन्ने बुझ्न सकेका छैनौ। हामी बारम्वार एउटै काम एउटै बिधी र प्रकृयाबाट गर्दैछौ तर फरक परीणामको अपेक्षा राख्दछौ। यसो भनिरहदा ईतिहासमा भए गरिएका सकरात्मक र दुरगामी राजनीतिक आन्दोलन र् उपलब्धी, शहिद्को बलिदानी योगदान र राष्ट्र, राष्ट्रियता, जनतन्त्र र जन-जिविकाको लागि लडिएका युद्दहरुलाई अवमुल्यन गरिनु हुँदैन। बिगतमा भएका योगदान प्रती कृतज्ञ हुनु पर्दछ तर मेरा बाजेका पालामा बि.पी.ले यसो गरे, बाबुको पालामा मदन भण्डारीले उसो गरे र छोराको पालामा माओवादी जनयुद्दमा हजारौको बलिदानको ब्याज असुली गरी खाने कामको साक्षी किनरा बस्नु हुँदैन।

स्वतन्त्र र बस्तुनिष्ट भएर राजनीतिक दल, त्यसको नेतृत्व र हाल बजारमा चलन चल्तिका राजनितिक दल र नेतृत्वलाई थोरै उल्लेख गरौ:

एकै खाले  बिचार, राजनैतीक दर्शन र राजनीतिक उदेश्य भएका मानिसहरुको संगठित समुह नै राजनीतिक दल हो। कुनै बिशिष्ट बैचारिक वा नितिगत लक्षहरुको प्रबर्धन र कार्यन्वयन गरी  बृहत्तर सामुहिक हित र उन्नतिको लागि कृयाशिल हुनु राजनितिक दलको कर्म हो। आफुले अंगिकार गरेको राजनीतिक दर्शन र सिद्धान्त अनुसार सार्वजनिक निति निर्माण गर्न निर्वाचनमा आफ्नो दलका उम्मेदवार बिजयी बनाई सरकार निर्माण मार्फत आफ्नो राजनीतिक लक्ष प्राप्त गर्नु राजनीतिक दलको ध्यय हो।   कुनै पनि दलको  प्रतिनिधिले सो दलको राजनीतिक दर्शन अनुसार साझा लक्ष प्राप्तिको लागि कार्य गर्नु पर्दछ। कुनै पनि निर्वाचनमा दलको उमेद्दवारलाई मतदातले उमेद्द्वारको अनुहार हेरेर होईन सम्वन्धित दलको राजनीतिक दर्शन र  प्रस्तावित निती तथा कार्यक्रमको आधारमा मतदान गर्ने गर्दछन।    

आफ्नो दलले अंगिकार गरेको राजनीतिक दर्शन र सिद्धान्तले निर्देशित गरे अनुसार सामुहिक लक्ष प्राप्तिको लागि आफ्ना नेता, कार्यकर्ता र आम समुदायलाई उत्पेरित गर्ने कला नै राजनीतिक नेतृत्व हो। नेता त्यो हो जस्ले राजनीतिक लक्ष प्राप्तिको लागि ठीक बाटो पहिचान गर्दछ,, ठीक बाटोमा आफु पनि हिड्दछ र अरुलाई बाटो देखाउदछ। नेतृत्वको   कार्य र व्यबहारले अरुलाई प्रेरणा र उर्जा प्रदान गर्दछ। सुनौलो भविश्यको सपना देखाउदछ र सो प्राप्तिको लागि अधिक कार्य गर्दछ।

के नेपालका  मुलधारका वर्तमान राजनीतिक दलहरुका चिन्तन, कार्यशैली एव जीवनशैली तिनिहरुले अंगीकार गरेको भनिएको राजनैतीक दर्शन र मुल्य एव मान्यतासँग कुनै साईनो राख्दछ? दलका  कुनै नेतृत्वसँग नेतृत्वमा हुनुपर्ने न्युनतम चरित्र र क्षमता छ? के कुनै पार्टी भित्र आन्तरिक लोकतन्त्र छ? के दलहरु  स्थापित बिधी र पद्दतीबाट सन्चालित छन?   नेताहरु  सामुहिक लक्ष प्राप्तिको लागि दलसँग आवद्द हुन्छ वा आफ्नो स्वार्थ सिद्दको लागि दलको छनौट गर्दछन? के कार्यकर्ताहरु दलको राजनीतिक दर्शनमा आस्था र नेतृत्व प्रती विश्वास लागेर दलको झोला बोक्दछन? राजनीति सेवा हो वा ब्यबसाय बनाईेएको छ?

कुनै आग्रह र् पुर्वाग्रह बिना एउटा स्वतन्त्र नागरिकको हैसियतले माथिका यी र यस्तै प्रश्नहरुको जवाफ खोज्ने हो भने नेपालका मुलधारका हौ भन्ने सबै दलहरुको हालत दयनिय देखिन्छन। अपवादलाई छोडेर दलहरु गुट र उप गुटहरुको महासँघ जस्ता, पार्टी कार्यालय अखडा जस्ता, नेताहरु  मठाधिस जस्ता, मध्यम स्तरका कार्यकर्ताहरु बिचौलिया जस्ता, तल्लो स्तरका कार्यकर्ताहरु हनुमान जस्ता, आर्थिक कारोवार हेर्दा दुई नम्वरी जस्ता देखिन्छन। दलको सङ्ठित संरचना खोक्रो र देखावटी मात्र हुनु, दलको संगठन बिभाग भन्दा अपहरण, धाक्-धम्की र जोर जुलुम गर्ने बिभाग शक्तिशाली हुनु, गाउफर्के पद्दति बाट नेतृत्व वा लाभको पदमा ब्यक्तिगत पहुच र खरिद क्षमताले निर्धारण गर्नु जस्ता बिकृतिहरु  खुलै आँखाले देख्न सकिन्छ।  के हामीले खोजेको लोकतन्त्र, लोक कल्याणकारी राज्य र सम्वृद्दि यी  र यस्तै राजनीतिक दलहरुले पुरा गर्दिन्छन होला? 

दलहरुमा मार्गदर्शक बैचारिक राजनीतिक दर्शन र सिद्धान्त त डाईनासोर जस्तै लोप भैसके। आजकल अवषेशको रुपमा  पार्टिको बिधान र चुनावी घोषणापत्रमा मात्र देख्न पाईन्छ।  नेतृत्वमा नैतिकता, ईमन्दारिता र जवाफदेहिता जस्ता शब्दहरु नै हराए। प्रतिनिधि पात्रको रुपमा राम बहादुर थापा “बादल” लाई लिन सकिन्छ। आफुलाई नै हुर्काएको नेतृत्वलाई क्षणिक सत्ता उन्मातले  चिडियाघरमा थुन्ने ऐलान मात्र होईन आफुले टेकेको भुईनै धिकार्ने दुस्साहस गरे। यो हैसियतमा उनलाई पुर्याउन सैनिक कमाण्डर बनाउने-माओवादी, रक्षामन्त्री बनाउने-माओवादी, गृह मन्त्री बनाउने-माओवादी, रास्ट्रिय सभा सदस्य बनाउने- माओवादी,  साम्सद छान्ने र राजदुत छान्ने बनाउने-माओवादी तर आज आएर आफुलाई नै नवसामन्तको हैसियतमा पुर्याउने पार्टिको बिघटनको रोईलो गर्दै हिंड्ने उनै राम बहादुर। हिजो साझ सुत्दा सम्म एउटा दलको बैचारिक नेतृत्व गर्ने नेता आज बिहान उठ्दा यु टर्न लिएर अर्कै दलको नेता हुन्छन। लाजको पसारो, निजी स्वार्थमा तिनै नेता सोही दलमा आफ्नो नाकै नछोपी बाउन्स ब्याक समेत हुन्छन। प्रधानमन्त्रिले संसदमा विश्वासको मत प्राप्त गर्नु भन्दा भारतका प्रधानमन्त्रिको शुभकामना अधिक महत्व हुने देशका हामी राष्ट्रवादी। आफुलाई दोस्रो दर्जाका नेता ठान्ने  बजारमा चालु केही टपरटुईया बिचौलियाहरु आफ्नो स्वार्थको लागि दल र गुट चाहर्दै हिंडेको देख्दा लाग्दछ- कपाल भन्दा टुपी छोटो।

अहिलेका संसदिय मुलधारका दलहरु अहिले कै अवस्थामा निरन्तरतामा देश र जनताको हित र कल्याण सम्भव छैन। चर्को र रमाईलो भाषण, राजनीतिक शब्दहरु न पकाएर खान मिल्दछ, न लगाएर लाज छोपिन्छ न त ती शब्दहरु बजारमा  क्रय- बिक्रय हुन्छन। गर्मी मौषममा खेत्-बारिमा काम गर्दा खलखली आएको पसिना घाममा सुकाएर सुक्दैन र  सितल हुँदैन। यही संसदिय ब्यबस्थाको निरन्तरताको लागि पनि ईमान्दार युवाहरुको नेतृत्वमा दलहरुको पुनर्गठन वा बिधटन जरुरी भएको छ। जतिसुकै शुद्द र पवित्र भएपनी कुशको गाई पित्रृ कर्ममा त काम लाग्ला तर कुशको गाईले दुध दिदैन।

ulkapat@gmail.com