कोभिड १९ ले उठाएको नैतिक निर्णयको विषय : के ठीक के बेठीक ?

कोभिड–१९ को महामारीको दोस्रो चरण चलिरहेको समयमा फेशबुकमा चर्चामा रहेका दुईवटा विषयहरु ूनैतिक–निर्णयू को हिसाबले चर्चा गर्नु महत्वपूर्ण देखिएको छ। पहिलो विषय हो – राजधानीको एक निजी मेडिकल कलेजले कोभिड पोजिटिभ बिरामीहरुको लागि कोभिड क्याविनको व्यवस्था गरेको र त्यसको शुल्क निम्न अनुसार राखेको सूचना सार्वजनिक ग¥यो ः
कोभिड क्याविन (सिङ्गल बेड) प्रति दिन रु २०,०००।–
कोभिड क्याविन (डबल बेड) प्रति दिन रु १०,०००।–
कोभिड क्याविन (डिलक्स) प्रति दिन रु २५,०००।–
कोभिड क्याविन (सुपर डिलक्स) प्रति दिन रु ३०,०००।–

उल्लिखित सूचनाले निजी कम्पनीहरुले आफ्नो सेवा वा उत्पादनको मूल्य कति र कसरी निर्धारण गर्ने र नियामक निकाय वा सरकारको दायित्व के हुने भन्ने नैतिक प्रश्न उठाएको छ। त्यसैगरी दोस्रो विषय थियो– मन्दिर, मस्जिद, चर्च, धरहरा वा भ्यू टावरजस्ता संरचनाहरु निर्माण गर्नुभन्दा अस्पताल निर्माण गर्नु उपयुक्त र सबैलाई पुण्य प्राप्त हुने कार्य हो । फेशबुकमा देखिएका यस्ता प्रस्थितिले सार्वजनिक निर्माणको प्राथमिकता कस्तो संरचनालाई दिने र किन दिने भन्ने नैतिक प्रश्न उठाएको छ। यस्ता प्रसंगहरुले ठिक (उचित) र सत्य वा बेठिक (अनुचित) र असत्य के हो भन्ने प्रश्नमाथि सोच्न बाध्य पार्दछ। यद्यपि नेपालको वर्तमान सामाजिक, राजनैतिक, पेशागत र व्यावसायिक अवस्था यस प्रकारको दार्शनिक विषयमा विचार–विमर्श गर्ने तहमा रहेको प्रतित हुँदैन।

नीति निर्माणको तहमा रहेर नैतिक निर्णय गर्नु पर्नेहरु व्यक्तिगत स्वार्थ र क्षणिक लाभको साँघुरो घेराभित्र नै रमाउने स्तरमा रहेको उनीहरुको आचरण र व्यवहारले बारम्बार देखाइरहेको नै छ। यस्तो अवस्था देशको सामाजिक–आर्थिक विकासको निमित्त बाधक रहनेछ। नीतिशास्त्रको अनुसार व्यक्तिको अगाडि श्रेय र प्रेयको उपस्थिति रहन्छ। बुद्धिमानले श्रेयको मार्ग अपनाउछ तर मूर्खलाई चाहिँ प्रेयको मार्ग नै प्यारो लाग्छ र श्रेयलाई लत्याउछ। नेपालको अहिलेको वातावरण लगभग यस्तै देखिन्छ।

माथि उल्लेख गरिएका प्रसंगहरुले उचित र अनुचितको निर्णय कसरी गर्ने भन्ने द्विविधा उत्पन्न गर्दछ। नियमित कार्य गर्दा र सामान्य अवस्थामा उचित मानिने कतिपय निर्णयहरु विशेष परिस्थितिमा उचित नठहरिन सक्छन्। कानुनतः ठिक ठहरिने कतिपय निर्णय वा कार्यहरु पनि विशिष्ट परिस्थित, पेशा वा व्यवसायका निमित्त ठिक नठहरिन सक्छ। त्यसैगरी कानुनले अनुचित ठह¥याउन नसक्ने वा कानुनका अभ्यासकर्ताहरुले कानुनको सीमाको रुपमा परिभाषा गर्दै गर्ने कतिपय अनुचित निर्णयवा कार्यहरु समामाजिक मूल्य र मान्यताको दृष्टिकोणबाट हेर्दा उचित नदेखिएका उदाहरणहरु हामी माझ प्रशस्त छन् ।

नैतिक–निर्णयका विषयहरुलाई केलाउन र त्यसमाथि विचार विमर्श गर्न त्यति सजिलो पनि छैन। तर कुनै पनि समाजले आफ्ना नेता वा अगुवाहरुबाट कानुनी मात्र नभएर देश, काल परिस्थिति अनुसारको नैतिक आचरणको अपेक्षा गर्ने हुँदा ठूला नेता वा अगुवाहरुले आफुलाई नैतिक रुपमा खरो उतार्ने प्रयास गर्नै पर्ने हुन्छ। उदाहरणको लागि बि. सं. १९९० सालको भूकम्प पछि जारी गरिएको जङ्गी कानुनको विषयमा ब्रह्मशम्शेर जङ्गबहादुर राणा (नेपालको महाभूकम्पमा) लेख्नु हुन्छ ूअसाधारण अवस्थामा असाधारण कारवाइको आवश्यकता परि आउँदछ। यस्तो कारवाइ र कडा पालो पहराको फल बहुतै असल भयो…।ू यस्ता अनुभवहरुलाई मनन गर्न सक्नु पर्छ।यस प्रकारको नेतृत्व एवम् अगुवाहरुको अभाव अहिले नेपालको राजनीति, प्रशासन, पेशा एवम् व्यवसायमा खटकिरहेको छ।

एक वर्षदेखि कोरोनाको महामारी फैलिरहेको छ। मानिसहरु अस्पतालको सुबिधा पाउन नसकेर, समयमा उपचार पाउन नसकेर वा अस्पतालसम्म पुग्न नसकेर ज्यान समेत गुमाइरहेको परिस्थित छ। एकातिर महामारीबाट जनताहरु ज्यान जोगाउन नसक्ने स्थितिमा पुगिरहेका छन् भने अर्कोतिर सरकारको प्राथमिकतामा धरहरा वा भ्यू टावरजस्ता संरचनाहरु परेका देखिन्छन । सरकारी वा सामुदायिक अस्पतालहरु सेवा दिन नसक्ने अवस्थामा पुगेका छन्। तर निजी अस्पतालहरु भने बिरामीको सासको बदलामा मोटो रकम असुल्ने तयारीमा देखिन्छन् र सरकार जसले यस्तो कार्यलाई नियमन गर्नु पर्ने हो उ यसप्रति जिम्मेवार भएको देखिदैन।

माथिउल्लेख गरिएका दुबै प्रसंगलाई कानुनले गलत भएको नदेख्न सक्छ। त्यसैले न्यायालयका समेत कतिपय निर्णयहरुमा जनताहरु नैतिक मूल्य र मान्यता खोजिरहेका हुन्छन्। विशेष परिस्थितमा भए गरेका निर्णय, व्यवहार र घटनाहरुलाई नैतिकताको कसीमा राखेर हेर्ने र विश्लेषण गर्ने गरिन्छ। समाजले हरेक महत्वपूर्ण व्यक्ति वा संस्थाले गर्ने निर्णयहरुको साथै उसको आचरण र व्यवहारको मूल्याङ्कन पनि गरिरहेको हुन्छ। त्यसैको उदाहरण हो माथिका प्रसंगहरु फेशबुकमा विशेष चर्चामा रहनु ।

ूराष्ट्रिय संकटको घडीमा कसैले कालाबजारी गरेको थाहा भएमा मलाई भन्नू पर्दैन, पाँच जना साक्षी राखेर काटिदीए हुन्छू जस्ता भनाईहरुले फेशबुकमा यतिखेर राम्रै स्थान पाइरहेको छ। सामाजिक सञ्जालमा देखिने र देखिएका यस्ताखाले टिकाटिप्पणीहरुबाट गणतान्त्रिक शासकहरुका साथै स्वतन्त्र पेशा व्यवसाय अपनाउनेहरुले पनि पाठ सिक्नु पर्ने होइन र ? उनका सल्लाहाकारहरुको नैतिक कर्तव्य के हो ? यस्तो विषम कठिन परिस्थितमा मन्त्री र सचिवहरुको नैतिक कर्तव्य के हो ? दलका कार्यकर्ताहरुको नैतिक कर्तव्य के हो ? शुक्रनीतिमा भनिएको पनि छ खराब सहायक राख्नाले राजा आफ्नो धर्म र राज्यबाट च्युत हुन्छ। यसमा भनिएको धर्म आफ्नो नैतिक दायित्व हो।

त्यसैले नेता वा अगुवा, उच्च ओहोदामा रहेका कर्मचारी, ज्ञान र सीपको अभ्यास गर्ने पेशाकर्मी र व्यवसायीहरुको व्यवहार, आचरण वा निर्णयहरु कानुनको आँखाले देख्न नसकेतापनि समाजको आँखाले भने प्रष्ट ठम्याइरहेको हुन्छ भन्ने बुझ्न जरुरी हुन्छ। त्यसैले कानुनसँग खेल्ने वकिल र न्यायाधिसहरुबाट झनै ठूलो नैतिक मूल्य र मान्यताको अपेक्षा कुनै पनि समाजले जहिल्यै पनि गरिरहेको हुन्छ। न्यायको विचलनले समाजमा अनास्था र वेथितिलाई प्रश्रय दिन्छ। आजको हाम्रो समाज पनि अनास्था र नैतिक विचलन तर्फ बढिरहेको देखिदैछ। यो चिन्ताको विषय हो।

नैतिक निर्णय गर्दा व्यक्ति आफ्नो इच्छा र चाहना र कर्तव्य बिचको द्वन्द्वमा फसेको हुन्छ भने संस्था चाहिँ आर्थिक लाभ र सामाजिक दायित्व बिचको द्वन्द्वमा फस्न पुग्दछ। यहि द्वन्द्वको बिचबाट ठिक(उचित) वा सहि निर्णय लिन सक्नु पर्दछ। स्वार्थ बाझिने अवस्था यिनै द्वन्द्वहरुको बिचबाट सृजना हुने हो। त्यसैले पेशाकर्मी तथा व्यवसायीहरुले पेशागत÷व्यावसायिक आचरणको (ऋयमभ या भतजष्अक) पालना गर्नु पर्ने हुन्छ। तर हामीकहाँ पेशागत÷व्यावसायिक परिषद् एवम् संघसंस्थाहरुले आफ्नो साख गुमाइसकेको अवस्था छ। सामान्य चिकित्सक र नर्सहरु यो महामारीको अवस्थामा, सरकार वा समुदायद्वारा संचालित होस् वा निजी अस्पताल दुबैमा चर्को दवाव (संभवत शोषण) को मारमा परेको अवस्था छ भने नेपाल मेडिकल काउन्सिल वा नेपाल नर्सिङ्ग परिषद् जस्ता पेशागत संस्थाहरुले यस्तो अवस्थामा पेशागत नैतिक मूल्य र मान्यतालाई आफ्नै सदस्यहरुबिच पनि प्रभावकारी रुपमास्थापित गर्न सकेको देखिदैन।

यसैगरी नेपाल इञ्जिनियरिङ्ग परिषद्ले पनि देशको विकास निर्माणको प्राथमिकता निर्धारण, योजना तर्जुमा र कार्यान्वयनमा इञ्जिनियर तथा आर्किटेक्टहरुको पेशागत नैतिक मूल्य र मान्यतालाई आफ्नै सदस्यहरुबिच पनि प्रभावकारी रुपमास्थापित गर्न सकेको देखिदैन। चिकित्सकका अगुवाहरु वा इञ्जिनियर तथा आर्किटेक्टका अगुवाहरु जो नीति–निर्माण र कार्यान्वयन गर्ने तहमा छन्, जो नियामक निकायको महत्वपूर्ण पदमा छन् उनीहरुको सामु पनि यो समस्या ठूलो नैतिक प्रश्नको रुपमा उभिएको छ। पछिल्ला समयले उनीहरुमाथि यस्ता नैतिक प्रश्नहरु उठाइरहने छन्। यो कुरा आजका शासक एवम् सार्वजनिक पद धारण गरेका सबैले मनन गर्न जरुरी छ। राजा पृथ्वीनारायण शाहले भन्ने गरेका ूसबैलाई चेतना भयाू भनेको यहि हो।

कोरोनाको महामारीले विश्वनै अक्रान्त भएको अवस्थालाई पैसा कमाउने ूअवसरू भन्दा पनि सेवा पु¥याउनु पर्ने ूदायित्वू को रुपमा सबैलेलिनु पर्ने हुन्छ। निजी क्षेत्रमा अस्पताल, चिकित्सा कर्मी र बेडहरु छन् तिनलाई राज्यले निशर्त प्रयोग गर्न सक्नु पर्दछ र घोषणा गर्नु पर्दछ कि स्वास्थ्य सेवा आवश्यक पर्ने कुनै पनि बिरामी नजिकैको अस्पतालमा जानु। निजी अस्पतालको कसरी उपयोग गर्ने भन्ने राज्यको दायित्व हो – यतिखेर राज्य जिम्मेवार भएर प्रस्तुत हुनु पर्दछ।

निजी अस्पतालहरुबाट महामारीको बेलामा चर्को शुल्कको विवरण सार्वजनिक हुनु राज्य एवम् स्वयम् निजी क्षेत्रको लागि नै लज्जाको विषय हो र यसो हुनुलाई समाजले अनुचित मान्दछ । यस्ता क्रियाकलापहरु अनैतिक ठहरिन्छन । साथै जरुरी वाहेकका कतिपय संरचनाहरुको निमित्त छुट्याइएको रकम पनि तुरुन्तै स्वास्थ्य क्षेत्रमा रकमान्तर गरेर यो महामारीसँग लड्नका लागि प्रयोग गर्ने व्यवस्था गर्नु पर्दछ। यस्तो गर्न सकेमा समाजले त्यसलाई यतिखेर उचित मान्दछ र त्यस्ता क्रियाकलापहरु नैतिक ठहरिन्छन् ।

अन्तमा, यतिखेर चिकित्सा, इञ्जिनियरिङ्ग, कानुन जस्ता पेशागत क्षेत्रमा कार्यरत पेशाकर्मीहरुले आफ्नो पेशागत ज्ञान, सीप र क्षमताको अत्यधिक उपयोग गर्दै र व्यवसायीहरुले पनि आफ्नो व्यावसायिक धर्मको निर्वाह गर्दै देश, समाज र जनताको खातिर काम गर्नु पर्ने अवस्था छ। क्षणिक नाफाको लागि वा क्षणिक स्वार्थपूर्तिका लागि आफ्नो पेशा वा व्यवसायको धर्म माथि खेलबाड गर्नुलाई राम्रो (उचित) वा सत्य मान्न सकिदैन।

बि. सं. १९९० सालको भूकम्प पछि श्री ३ महाराजले टुँडिखेलको खरिको बोटबाट सम्बोधन गर्ने क्रममा भन्नु भएको थियो – ूठस्सा भडकतिर नलागी एक जिउ भई सहयोगमा लाग्यौ भने यो दुर्घटनाको असर चाँडो मेटिन जाने मात्र होइन कि हाम्रो यो प्यारो जन्मभूमि नेपाल झन् उच्चो पदमा चढ्न जाने छ, अहिले कुरा भन्दा कामको बेला हो।ू कतै हामी काम भन्दा ठस्सा भडक र कुरातिर मात्र लागिरहेका त छैनौं ? यो ठूलो नैतिक प्रश्न हामी सबैका सामु ठिङ्ग उभिरहेको छ। हामी सबैलाई चेतना भया।