नेपाली राजनीति : पुरानो किताब, नयाँ गाता

चुनावको बेलामा उमेद्दबार नेताले भाषण गर्दै थिए- अब यो गाउमा कसैले दु:ख पाउदैन। मैले चुनाव जिते भने गाऊमा जामुनको रुख सँगै गुलाफको बिरुवा लगाई दिने छु । जामुन र गुलाफको मेलबाट गाऊ भरी गुलाफ्-जामुन फल्नेछन। जो-जस्लाई गुलाफ-जामुन खान मन लाग्छ पेटभरी खान सक्नेछन। गुलाफ-जामुनको स्वादको कल्पनाले सबै गाऊले को मुख रसायो र नेतालाई भोट दिएर जिताए। तर झन्डै बर्ष कुर्दा समेत गुलाफ-जामुन फलेन, जामुन र गुलाफका पातहरु पहेलिदै कुहुदै झर्न पो थाले।

दलाल पूँजीवादी संसदीय ब्यबस्थामा एक वा अर्को सपनाहरुको खेती गर्ने राजनीतिक दलहरुको सक्कली अनुहार आज जनता कोरोना कहरले आक्रान्त हुँदा छर्लङ भएको छ। “लङ्का जित्ने हनुमान पगरी गुथ्ने ढेडू” भन्ने भनाइलाई व्यबहारमा उतारी सत्तामा पुगेका सत्ताधारीले त “जनताको जिउ-ज्यान भन्दा देशको अर्थतन्त्र महत्वपूर्ण” हुने कुरा बताए र आफ्नो वास्तबिक थुतुनो देखाए तर आफुलाई खाटी प्रजातन्त्रवादी वा समाजवादी हुँ भन्ने राजनीतिक दलहरुले समेत सत्तालाई सत्तोसराप गर्नु बाहेक सिन्को भाचेका छैनन।

चुनावमा रागाँ, भैंसी र रौसि आदिमा करोडौ खर्च गर्न सक्ने, लाखौं कार्यकर्ता भएको गूड्डी हाक्ने यी संसदीय राजनीतिक दलहरु जनतालाई आपत-बिपत पर्दा किन देखिदैनन ? चुनावमा लाखौंको टि-सर्ट, टोपी बाड्ने, ह्जारौ लिटर रक्सी खपत गराउन हैसियत राख्ने तर भुई-मान्छेको जीवनरक्षाको लागि मास्क वा सेनीटाईजर बाड्न किन आउँदैन ? के राजनीतिक दलका लाखौं कार्यकर्ताहरु नेताको भजन गाउन र सडकमा उफ्रन मात्र हो ?

चुनावमा लाखौंको टिसर्ट, टोपी बाड्ने, ह्जारौ लिटर रक्सी खपत गर्ने तर भूईमान्छेको जीवनरक्षाका लागि मास्क वा सेनीटाईजर बाड्न किन आउँदैन ?

जनता कोरोनाले आक्रान्त भएको बेला तिम्रा झोले कार्यकर्ताहरु किन जन-चेतना वा जन- स्वयसेवामा आउँदैन ? “दिनको उजेली सुती बिताई, रातको उजेली बिस्कुन सुकाई” जस्तो गरी चुनावको लागि मात्र हुन तिम्रा कार्यकर्ता ? हाम्रा संसदीय दलको “आफ्नो गोत्रको ठेगाना छैन अर्काको मावलीको गोत्रको खोजि” भने जस्तो भएका छन। आफु र् आफुले अङ्गीकार गरेको दर्शन, सिद्दान्त र व्यबहारको आत्म समिक्षा गर्नु को सट्टा अरुको खोईरो काड्यो दिन गुजार्यो। तिम्रो राजनिती साच्चिकै जनताको लागि हो भने जनता बिल्चिल्लीमा हुँदा किन जनताको आगनमा देखिदैनौ ?

छोटो कपडा लगाएर वृद्द आश्राममा कपडा बाड्न गएकी एक मोडल महिलालाई देखेर एक जना वृद्द आमाले भन्नु भएछ- आफुले लगाउने पनि नराखी सबै कपडा हामीलाई दिनु भयो नानी, तिम्रो गुण क्यारी तिर्ने होला ? मोडल महिलाले भनिन- ठिकै छ आमा म घर गएर अरु पकडा लगाउदछु। आमालाई थाहा छैन ति महिलाले लगाउने कपडा नै त्यति हो तर उनको शरीरमा थोरै कपडा देखेर आमालाई माया जाग्यो र कृतज्ञ भईन।

जनता स-सानो कुरामा पनि खुशी हुन्छन र अरुको कुरा पत्याउदछ्न। तर हाम्रा राजनीतिक दल “बाहिर बाहिर लोकाचार – भित्र भित्र पोका पार” गर्ने बाहेक यत्रो महामारिमा जन-हितमा परिचालित नहुनु यिनीहरुको वास्तबिक चरित्र देख्न सकिन्छ। ख्याल रहोस्- स-साना झिजाले पनि मुढो डडाउने हैसियत राख्दछ।

देश कोरोनाले गिजलीरहेको, जनता महामारिले लखेटिरहेको र भुईमान्छे भोकले सडक पेटिमा प्राण-त्याग गरिरहेको बेला ५० मिटर दुरिमा रहेको वीर अस्पातालको निर्माणाधिन भवन बेवारीसे रहन्छ

एक पटक दुई जना स-साना बालक बिच झगडा भई रहेको थियो। पहिलो भन्थ्यो- कानको काम चस्मा अडाउने हो, अर्को भन्दथ्यो- होईन कानको काम मास्क अडाउने हो। हुन त कानले चस्मा अडाउने पनि र मास्क अडाउने दुबै काम गर्दछ तर कानको प्रमुख काम सुन्ने हो। जसरी ति दुई बालकले कानको प्रमुख काम नै बिर्सिय त्यसरीनै दलाल संसदीय ब्यबस्थाले पनि आफ्नो प्रमुख काम चट्क्कै छोडि आत्म-रत्तीमा रमाउदो रहेछ। देश कोरोनाले गिजलीरहेको, जनता महामारिले लखेटिरहेको र भुईमान्छे भोकले सडक पेटिमा प्राण-त्याग गरिरहेको बेला ५० मिटर दुरिमा रहेको वीर अस्पातालको निर्माणाधिन भवन बेवारीसे रहन्छ तर शासकहरु गोजिमा कैची बोकेर धरहराको टुप्पोबाट गरिवी हेर्न रमाउदछन।

कुनै अस्पातलको ठीक अगाडि एक जना व्यक्ति बेहोस भएछ। सगैका साथीले दुई मिनेट भित्र बेहोस भएको साथीलाई अस्पातलको आकस्मिक कक्षमा पुर्याएछ। आकस्मिक कक्षमा नक्कली डाक्टरले बेहोस भएको बिरामी हेरेर भनेछ- बिरामी बेहोस भएको एक घण्टाभित्र ल्याएको भए सबै उपचार हुन्थ्यो, ढिलो भएछ। दुई मिनेट अगाडि बेहोस भएको बिरामीलाई एक घण्टा अगाडि कसरि पुर्याउने? कुनै प्रश्न गर्यो भने त डक्टर की म डक्टर भनेर बोल्ने दिदैंन। जसरी नक्कली डाक्टरले समयलाई दोष दीइ आफु कुशल छु भनी ढाट्दछन त्यसरि नै संसदीय राजनीतिका दलहरुले अर्को दललाई दोषारोपण गरी आफु अब्बल भएको भ्रम दिईरहेका छन।

विद्यार्थीलाई क्रुर सजाय दिएर रुढीवादी धर्मग्रन्थ पढाउने घरमा आगो लागेछ। आगोलागी पछी रुढीवादी धर्मग्रन्थ पढाउने घर बन्द हुन्छ र अब रुढीवादी धर्मग्रन्थ पढाउने घरमा आउन पर्दैन भनेर सबै स-साना नानी बाबुहरु खुशीले उफ्रदै थिए तर एउटा विद्यार्थी निरास थियो। त्यो देखेर गुरुले अचम्वित भए र त्यो विद्यार्थी सँग गएर सोधेछन- तेरा अरु सबै साथी खुशीले रमाई रहेछ छन तर त किन निरास देखिन्छ्स? विद्यार्थीले भनेछ- धर्मग्रन्थ पढाउने घरमा मात्र आगो- लागी भयो तर तपाईं त अझै जिवितनै हुनुहुन्छ। त्यो बिद्यार्थीको उत्तर सुनेर गुरु चित खाएछ।

जसरी भौतिक संरचना ध्वस्त भए पनी व्यक्ति र प्रवृतिमा परिवर्तन नभएसम्म कुनै उपलब्धि हुदो रहेनछ त्यसरी नै हामी नेपालीले ब्यबस्था त परिवर्तन गर्यौ तर ब्यबस्थाका संचालकहरु पुरानै छान्यौ।

जसरी भौतिक संरचना ध्वस्त भए पनी व्यक्ति र प्रवृतिमा परिवर्तन नभएसम्म कुनै उपलब्धि हुदो रहेनछ त्यसरी नै हामी नेपालीले ब्यबस्था त परिवर्तन गर्यौ तर ब्यबस्थाका संचालकहरु पुरानै छान्यौ। गरुड-पुराण पढेकाहरुलाई भौतिकशास्त्र पढाउने जिम्मा दियौ। गरुड पुराणको बाहिर गाता (खोल) मा भौतकशास्त्र लेख्दैमा त्यो भौतिकशास्त्र हुदो रहेनछ।

वर्तमान नेपाली राजनीतिमा प्रदेशहरुमा जुन किसिमको फोहरी, नाङ्गो र घिनलाग्दो खेल भईरहेको छ के यिनै र यस्तै पात्रहरुबाट नेपाल र नेपालीको भविश्य निर्माण होला भन्नेमा तपाईंलाई विश्वास छ? आगे तपाईंको जो बिचार!