फेवातालको सौन्दर्य : फुट–ट्रयाक

आर्थिक वर्ष २०६४/६५ को पोखरा उपत्यका नगर विकास समितिको योजना बनाउने क्रममा पहिलो योजना के बनाउने भन्ने बारे सोच्दासोच्दै चालिसको दशकमा पटक–पटक सुनेको कुराको याद आयो । रेडियो नेपालमा विभिन्न कार्यक्रममा “पोखरा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकमध्ये करिब–करिब ९५ प्रतिशत पर्यटकहरू छोटो समयको लागि भएपनि फेवाताल (लेकसाइड) पुग्दछन्” सोहि कार्यक्रम सम्झदै लेकसाइड आसपासमा कुनै योजना बनाउने विचारले फेवाताल तर्फ लागेँ । फेवातालको किनारास्थि त बाराही घाट मन्दिर घाट) पुग्दा पर्यटकहरुको बाक्लो चहल पहल देखिन्थ्यो ।

बाराही घाटको दायाँ तर्फ रत्न मन्दिरको कम्पाउन्ड र वायाँतर्फ खेल मैदानको कम्पाउण्ड (देविदत्तगण फुलवारी व्यारेकको संरक्षणमा रहेको) देखिन्थ्यो । उक्त कम्पाउन्डको पश्चिमतर्फ तालको पानीले ढाकेको क्षेत्रसम्म काँडेतार लगाइएको हुनाले त्यस क्षेत्रको पर्यटकहरूले देख्नेहेर्ने सौन्दर्य नै लोप भए जस्तो देखिन्थ्यो । जुन बाटो भएर पर्यटक आउँथे सोही बाटोबाट फर्कनु पर्ने अवस्थाले उक्त क्षेत्र साँघुरो र भिडभाड देखिन्थ्यो । यसैगरी डेमोक्रेशी चोक (हल्लन चोक) मा दायाँतर्फ नेपाल सरकारको पर्यटन मन्त्रालय अन्तर्गतको पर्खालले घेरिएको क्याम्पिङ् चौर थियो भने बायाँतर्फ कृषि मन्त्रालय अन्तर्गतको मत्स्य अनुसन्धान केन्द्रको पुराना जिर्ण भवनहरु सहितको कम्पाउन्ड देखिन्थ्यो ।

यहाँ पनि बाराही घाटमा जस्तै पर्यटक जुन बाटो आएको हो सोही बाटो फर्कनु पर्ने कारण यस क्षेत्र पनि साँघुरो एवं पर्यटकमैत्री देखिदैनथ्योे । प्राकृतिक सुन्दरताले भरिपूर्ण फेवातालको चारैतर्फको किनारा घुम्दै आनन्द र हर्षित हुँदै समय बिताउने वातावरण सृजना गर्न फेवातालको चारैतर्फका किनाराहरुमा पैदल मार्गको आवश्यकता महशुस हुन आयो । फेवाताल पूर्वतर्फको किनारामा फुट् ट्रयाक उत्तरतर्फको किनारामा साइकल मार्ग, पश्चिमतर्फको किनारामा डुङ्गा मार्ग (मोटर वोट–ट्रयाक) र दक्षिण (रानिवन) तर्फ पोनी ट्रयाक (हर्स ट्रयाक) बनाउने योजना मनमा आयो ।

गैह्राको चौतारादेखि चंखपुरसम्म साइकल ट्रयाक, तेस्रो र चौथो चरणमा शुरु गर्नु पर्ने डुङ्गा मार्ग (मोटर वोट ट्रयाक) र पोनि ट्रयाक (घोडा बाटो) को निर्माण कार्य तत्काल गर्न आवश्यक छ ।

उक्त योजनालाई मूर्त रूप दिदै गर्दा फेवातालको प्राकृतिक वातावरणमा असर नपर्ने गरी कसरी बनाउन सकिन्छ भन्नेबारे राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा ताल संरक्षण एवं वातावरण क्षेत्रमा काम गरिरहेका विज्ञहरुसँग पोखरा उपत्यका नगर विकास समितिको सभाकक्षमा मिति २०६४ मंसिर ५ गते छलफल आयोजना गरी सुझावहरु संकलन गर्ने कार्य भयो भने सो योजनाको बारेमा स्थानीय सरोकारवाला संघ–संस्था, सरकारी निकाय, जग्गा दाता र नागरिक समाजबीच २०६४ फाल्गुन ३० गते पोखरा उपत्यका ताल संरक्षण समिति तथा सम्वाद नेपालको संयुक्त आयोजनामा फेवा किनारामै अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भयो । उक्त कार्यक्रममा पैदल मार्ग आवश्यक रहेकोले निर्माण कार्य शुरू गर्नुपर्ने सुझाव समेत सवै सहभागीबाट प्राप्त भएको थियो ।

फेवातालको चारैतर्फ (१६ कि.मि) एकैचोटी निर्माण कार्य शुरु गर्दा ठूलो बजेट लाग्ने हुँदा पहिलो चरणमा बाराही मन्दिर घाटदेखि गैह्राको चौतारासम्म फुट ट्रयाकको शिलान्यास ऐतिहासिक गणतन्त्र स्थापनाको दिन २०६५ जेष्ठ १५ गते एक विशेष समारोहका बीच सम्पन्न भयो । बाराही घाटको बायाँतर्फ देविदत्तगण फुलवारी व्यारेकको संरक्षणमा रहेको खेल मैदानमा पैदल मार्गको ट्रयाक खोल्न सेनाको मुख्यालयसम्म विशेष पहल गर्नु परेको थियो । बाराही घाटदेखि ट्रयाकमा ढुङ्गाका छपनी छाप्ने कार्य विभिन्न निकायको आर्थिक तथा प्राविधिक सहयोगमा मिति पोखरा उपत्यका नगर विकास समितिको बोर्ड बैठकले सर्वसम्मत निर्णय आर्थिक वर्ष २०६५/०६६ देखी २०६७/०६८ मा सम्पन्न भयो भने यसै आर्थिक वर्ष २०७७/०७८ मा हल्लन चोक (डेमोक्रेशी चोक) देखि गैह्राको चौतारासम्म छपनी राख्ने कार्य शुरु गरिएको पाउँदा खुशी लागेको छ ।

उक्त पैदल मार्गको दायाँ–बायाँ सुन्दर बगैंचाहरु निर्माण गर्ने, विद्युत लाइट/सोलार बत्तिहरु जडान गरी झलमल्ल बनाउने, तालको किनारामा आधुनिक सुविधा सम्पन्न ढुङ्गाघाटहरु निर्माण गर्दै जाने र तालमा पानी निकासको लागि बनाइएका फेवा नहर, पानी निकासका निम्ति बनाइएका कल्वड र ह्युम पाइपहरुमा समेत बेसिङ् निर्माण गरी शुद्ध पानी मात्र फेवातालमा जाने योजना अझै शुरु हुन सकेको छैन । नेपाल भूपरिवेष्ठित राष्ट्र भएको कारण फेवातालमै समुन्द्रका किनाराहरुमा जस्तै आरामदायी कुर्सिहरुको व्यवस्था गर्ने हो भने पर्यटकहरूलाई थप आकर्षित गर्न सकिने हुँदा यस्ता योजनालाई मुर्त रुप दिन सम्बन्धित निकायहरुको ध्यानाकर्षण होस् भन्ने चाहन्छु ।

दोस्रो चरणमा शुरु गर्ने भनिएको गैह्राको चौतारादेखि चंखपुरसम्म साइकल ट्रयाक, तेस्रो र चौथो चरणमा शुरु गर्नु पर्ने डुङ्गा मार्ग (मोटर वोट ट्रयाक) र पोनि ट्रयाक (घोडा बाटो) को निर्माण कार्य तत्काल गर्न आवश्यक छ ।

साथै २०३८/७/४ को तत्कालिन नगर योजना कार्यान्वयन समितिको निर्णय अनुसार विधिवत् अधिग्रहण गरी पूर्व फिर्के खोला, पश्चिम हिमा गृह, उत्तर पिच सडक र दक्षिण फेवाताल सहितको सम्पूर्ण जग्गा संरक्षण हुने गरी ग्रिनबेल्ट पार्क बनाउन छुट्याइएको थियो । उक्त जग्गा अधिग्रहण भएको लामो समय हुँदासम्म पनि व्यवस्थित ग्रिन वेल्ट पार्क बन्न सकेको छैन । उक्त क्षेत्रमा सुविधा सम्पन्न आधुनिक पार्क निर्माण हुनु आवश्यक रहेको छ । फेवातालको दक्षिणतर्फ हाल पोखरा महानगरपालिका–२२ मा पर्ने रानीवन क्षेत्रमा वन तथा भूसंरक्षण मन्त्रालय वनस्पती विभाग अन्र्तगत शान्तिको प्रतीक विश्व शान्ति जैविक विविधता उद्यान बनाउने लक्ष्यका साथ काम शुरु भएको थियो ।

उक्त उद्यानमा वन, वनस्पती, वन्यजन्तु तथा प्राकृतिक वातावरणको संरक्षण गर्ने अन्तर्राष्ट्रिय र बाह्य पर्यटनको विकासमा टेवा पु¥याउने, विविधताको अध्ययन अनुसन्धान गर्ने, स्थानीय र बाह्य पर्यटकहरुका लागि प्राकृतिक र वातावरण मैत्री मनोरञ्जन स्थलको विकास गर्ने उद्देश्य राखिएको थियो । काम शुरु गरी बीचैमा अलपत्र छाड्ने पुरानो प्रवृत्तिबाट पाठ सिक्दे विश्व शान्ति जैविक विविधता उद्यानको लक्ष्य र उद्देश्यअनुसार कार्य सम्पन्न गर्नु पर्ने देखिन्छ । फेवाताल किनाराहरुमा फुट ट्रयाक, साइकल मार्ग, डुङ्गा मार्ग, पोनि ट्र«याक, ग्रिन वेल्ट पार्क र जैविक विविधता उद्यान निर्माण गरी फेवातालको किनारै किनार फुट–ट्रयाक र पानीतर्फको समथर भागमा हरियो दूबो रोपेर तालको सौन्दर्य बढाउने कार्य सम्पन्न गर्न सके सम्पूर्ण पोखरेलीको मुटु एवं देशकै गहनाको रुपमा रहेको फेवातालको सौन्दर्यमा सुनमा सुगन्ध हुनुका साथै पर्यटन उद्योगलाई समेत टेवा पुग्नेछ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।