मैले त आकाश पनि सित्तैमा पॅाए
मैले फेर्ने पर्स्वास,हावा !
म बॅाच्ने माटो,पृथ्वी पनि !
ति गुलावी ऋृतुहरु, अनि मधुमासहरु!
आमाको कोखबाट ओर्लिएपछि
ति सुन्दर चराहरुको आवाज,
ति कोकील र मयुरहरुको सुन्दर अदा !
ति मरीचिका हेर्ने चाहना, ति हिमान्चल र महासागरका बहुरंग , ति औरा यि सबै सबै !
त्यो स्वतन्त्र काश: तल
बर्षात अनि शिशीरका रहस्य,
पेर्म र शान्तिका हृदय !
यि सबै पॅाए !
तर नपाएको केहि थिएन !
गुमाएको पनि केहि थिएन !
केहि धेरै बॅाच्दै गर्दा, केहि छोडेर जॅादै गर्दा पनि
यि अथाह सबै सबै जिएर आए !
नमागी पॅाए !




