संसदीय व्यवस्था रहेसम्म पार्टीमा कचिंगल

ओली यस्तो अवस्था सम्म जालान् भन्ने कुरा संसदवादीहरूले सोचेकै थिएनन् । यो गुण्डा सास्कृति हो । गुण्डाहरूको सुरूवात सस्कार बिहिन श्रममा आस्था नभएका परपीडक पढेको वा नपढेका स्वाँठहरूबाट हुन्छ । पहिला सामन्य अपराध कुखुरा चोरीबाट गुण्डाहरूको बिकास हुन्छ । समाजले यिनीहरूलाई छिछि दुरदुर गर्दछ ।जब यिनीहरू पक्डिएर पुलिस प्रशासनमा काहाँ पुग्दछन् त्यहीबाट सस्थागत हुन्छन् । पुलिस प्रशासनले उनीहरूमा भएको दुश्साहस, धुर्ताई ,बाक्पटुकता देख्दछ त्यस पछि यिनीहरूलाई नै धन कमाउने साधनको रूपमा प्रयोग गर्दछ । यसरी यिनीहरू पुलिस प्रशासनको पहुचमा पुग्दछन् । चुनावमा यिनीहरू राजनीतिक पार्टीका दलाल उमेदवारका कार्यकर्ता हुन पुग्दछन् ।बुथ कब्जा गर्नु मत पेटीका अदल बदल गरि नेतालाई जिताउनु उनीहरूको बहादुरीले काम गर्दछ । टोले गुण्डाहरूको पहुँच मन्त्री सम्ममा पुग्दछ । त्यस पछि यिनीहरूलाई ऐन कानुन केहीले पनि छेक्दैन । समाजमा भएका बुध्दिजीवी , अग्रज , मर्यादित पेसा ब्यवशायका डाक्टर प्रध्यापक, वकिल ,इन्जिनियर,शिक्षक ,न्ययाधिस जो सुकै होउन् यिनका आगाडी निरीह हुन्छन् । ब्यपारी उध्योगपति देखि लिएर चीया पसल सम्मबाट आर्थिक सङ्कलन गर्ने छुट पाउँदछन् । सभ्यजनहरूको हुर्मत लिनु, मारपिट गर्नु ठेक्का पट्टामा तोकेको कमिसन माग गर्नु नदिए मारपिटमा उत्रनु यी सबै उनीहरूको अधिकारको कुरा हुन्छ । यसरी एउटा टोल पुरै गण्डा राज्यमा परिणत हुन्छ ।देख्दा त्यहाँ पूरा गुण्डाले कब्जा गरेको देखिन्छ ता पनि भित्री रूपमा त्यसको संरक्षण पुलिस प्रशासन र मन्त्रायलबाटै हुन्छ ।

अहिले देश एक टोलमा परिणत भएको छ । संसदीय ब्यवस्था नै दलालपुँजीपतिद्वारा सन्चालित छ । टोलका गुण्डाहरूलाई पुलिस प्रशासन र मन्त्रालयले सन्चालन गरे जस्तै हाम्रो देशको शासन सत्ता चलाउनेहरूलाई अमेरिका भारत आदि साम्राज्यवादी बिस्तारवादी नवउपनेशिकवादीहरूले सन्चालन गर्ने गर्दछन् । भ्रष्टचार , कमिशनखोरी, दलाली, यी सबै दलाल संसदीय ब्यवस्थाका सौन्दर्य हुन् । राष्ट्रघात जनघात जे गरेर भए पनि धन आर्जन गर्नु र बारंबार हुने चुनाबमा धनको बलले चुनाव जितेर प्रधान मन्त्री मन्त्रीको पदसंगै आर्यघाटमा जानू राजनीतिक नेताहरूको मूख्य उद्देस्य हुन्छ । देखाउन बिभिन्न छुट्टा छुट्टै चुनावी घोषणा पत्रहरू निकाल्ने भए ता पनि काम गर्ने सबैले जनघाति नै हो । यिनीहरूले जनतामा फाटो मात्र पार्ने हुन् आपसमा स्वार्थ मिल्यो भने एक अर्कोमा बिलय हुन घण्टा भरको समय प्रयाप्त हुन्छ । यसको उदारण स्थानीय निर्वाचनमा माओवादी केन्द्र र काङ्ग्रेसको गठबन्धन ,संसदीय निर्वाचनमा एमाले माओवादी गठबन्धनले प्रष्ट पार्दछ । त्यस समयमा पनि काङ्ग्रेस एमाले माओवादी केन्द्रमा केही फरक थिएन । एमाले र माओवादी केन्द्र मिलेर चुनाव लड्दा दुई तीहाई न‌ै मत प्रप्त गरे । पछि पार्टी एकीयकर गरेर डवल नेकपा नामको पार्टी बनाए । प्रधान मन्त्री त्यस पार्टी भित्रको सब भन्दा अनुउदारवादी स्वाँठ ओलीलाई बनाए । दलालसंसदीय ब्यवस्थामा संरक्षण हुने भ्रष्टचारी कमिसनखोरी दलालपुँजीपति र बिचौलीयाहरूको हो । भयो पनि यस्तै । अहिले ओलीको निरूङ्कुशता, फासिवाद, भयो भन्दै हिड्ने डवल नेकपाकै प्रचण्ड माधव समूह र पूर्वन्ययाधिसहरू , नागरिक समाज लगायतका सबै एका तर्फ छन् भने देशभरका ओली समर्थक अर्को तर्फ छन् ।

यश दलालपुँजीवादी संसदीय ब्यवस्थाले नेपाली जनताका समस्याहरू समाधान गर्न सक्दैन । यश ब्यवस्थाले नेपाली राष्ट्रियता जनतन्त्र र जनजीवीकाका समस्याहरू पनि समाधान गर्न सक्दैन । यसले देशी वा बिदेशी दलाल पुँजीपतिको संरक्षण मात्र गर्दछ । देशमा एन सेल लगायतका बिदेशी कम्पनीहरूले कर छलि गरिरहेका छन् , भन्दै करछलि गर्ने र भ्रष्टचार गर्नेको लिस्ट सरकारलाई बुझाएर कारबाहि गर्न भन्ने नेपाल कम्युनिष्ट पार्टीमाथि ओलीसरकारले प्रतिबन्ध लगायो । इन्काउन्टरको नाममा हत्या समेत ग-यो । झुट्टा मुद्दा लगाएर हजारौलाई जिल्ला जिल्ला घुमायो ।एउटै मान्छेलाई अदालतले दस पटक छाड्ने आदेश दिदा पनि सरकारले छाडेन । तिमीहरूका लागि यो कुकर्म ओली सरकारले गरेको अदालतमाथिको हस्तछेप भएन । सबै राजनीतिक पार्टी ब्यक्ति संघसस्था मानवअधिकारवादी सबै ओलीका उपासक रहे । अहिले तिमीहरू माथि गर्दा मात्र ऐन नियम कानुन अदालतको मर्यादामा रोइलो गाउनुको कुनै अर्थ छैन ।

जसरी टोले गुण्डाहरूलाई तिमीहरूले संरक्षण गरेर टोलमा उपद्रो गराउँछौ त्यस्तै साम्राज्यवादी अमेरिका लगायत भारतले हामो देशलाई एक टोलमा परिणत गरि ओलीको नेतृत्वमा टोले गुण्डाहरू प्रयोग गरेको छ ।यिनीहरूको काम सबैको हुर्मत लिनु हो । हुन त प्रचण्ड नेपाल ग्याङ्ग पनि पहिला यस्तै कर्म गर्ने साझा ग्याङ्गकै हुन् । अहिले राजनीतिक आवरणको गुण्डा पार्टी मध्ये ठूलो पार्टी फुटेको छ ।यिनीहरूमा नैतिकता अनुशासन मानवीयता राजनीतिकचरित्र केही बाँकी छ‌ैन ।एकले अर्कोलाई जसरि पनि खुइल्यउनु छ । अहिले सम्म वाक्युध्द छ पछि भौतिक रूपमै नहोला भन्न सकिँदैन । संसद पुनस्थापना भए वा संसद बिगटन सदर जे भए पनि यो ब्यवस्था रहेसम्म गैह्रराजनीतिक द्वन्द्व चलिरहने छ । ओली ग्याङ्ग वा प्रचण्ड माधव ग्याङ्ग लगायत शेरबहादुर बाबुराम जस्मा सरकारको पहुच पुगे पनि गुणात्मक फरक केही हुदैन । यो दलालपुँजीवादी ब्यवस्था आफै सङ्कटमा फस्यो । ब्यकपुस रहे सम्म ओलीले सङ्कटकाल लगाएर भए पनि आफुलाई सत्तामा बचाई राख्नेछन् । अब ओलीबाट अरूलाई सन्मान गर्ने शिष्टता प्रदर्शन गर्ने आसा नगरे हुन्छ ।एउटा गुण्डाले प्रोफेसरको टेबुलमा जुत्ता सहितका खुट्टा राख्दछ भने ओलीले राष्ट्रिय सभामा थुकेको कुरालाई सामन्य रूपमा लिनु पर्दछ । यी सबै गतिबिधि हेर्दा अबको निकास भनेको जनबिद्रोह नै हो र बैज्ञानिक समाजवाद स्थापना नभए सम्म यो भुमरीबाट देश बाहिर आउन सक्दैन ।