विचारमा विकास नगरे प्रचण्ड-माधवहरु सर्वनाश हुन्छन !

देशद्रोही, भ्रष्टाचारी, फासिवादी खड्ग ओलीलाई पार्टीबाट निस्काशन कार्वाही गरेर प्रचण्ड, माधब नेपाल र झलनाथ खनालहरुले एक कदम सही काम गरेका छन। यध्यपि, यत्तिले नै उनीहरु क्रान्तिकारी चाहिँ भईहाल्दैनन्। परन्तु, ओली र प्रचण्डहरु एउटै पार्टीमा हुँदा उनीहरुलाई हेर्ने दृष्टिकोण र विभाजनपछिको दृष्टिकोण स्वत: भिन्न हुनु पर्दछ।

विध्यमान गणतन्त्रमै नेपालको राष्ट्रीयता र लोकतन्त्र संकेन्द्रीत रहेको हो, जुन संविधान बमोजिम संसदमा निर्भर रहेको हो। तर, ओली सरकारको असम्बैधानिक निर्णयबाट संघीय प्रतिनिधिसभा विघटन गर्नाले त्यो अर्थात गणतन्त्र संकटमा धकेलिएको छ, जसले देशलाई भयानक गृहयुद्वतर्फ घिसार्ने जोखिम बढेको छ। यस्तो समय ओलीतन्त्रका विरुद्व प्रचण्ड-माधवको कार्वाहीलाई सकारात्मक दृष्टिले हेर्नु पर्छ र उनीहरुको आन्दोलन तयारीलाई गणतन्त्र रक्षाको दिशामा बदल्ने सचेत प्रयत्न गर्नु पर्दछ।

अत: सत्तासीन फादिवादी ओलीतन्त्रका विरुद्व सडक आन्दोलनमा आएको प्रचण्ड-नेपाल समुहलाई स्वागत गर्दै गणतन्त्र रक्षार्थ आन्दोलनलाई संविधानको समाजवादी पुनर्लेखनतर्फ विकासमा जोड दिनु ईमान्दार कम्युनिस्टको कर्तब्य हुन आउँछ।

ओलीतन्त्रका विरुद्व प्रचण्ड-माधवको कार्वाहीलाई सकारात्मक दृष्टिले हेर्नु पर्छ र उनीहरुको आन्दोलन तयारीलाई गणतन्त्र रक्षाको दिशामा बदल्ने सचेत प्रयत्न गर्नु पर्दछ।

उपरोक्त संदर्भमा माओवादी तथा पूर्व माओवादीहरु र विभिन्न कम्युनिस्टहरुवीच सम्बन्ध विकास हेतु यो संक्षिप्त आलेख प्रकाशन गरिन्छ।
१) आन्दोलनमा ऐक्यबद्वता र सहकार्यको प्रश्न
पूर्व माओवादी प्रचण्डहरुको डबल नेकपाको आन्दोलन र पूर्व माओवादी बाबुराम भट्टराईहरुको जसपाको आन्दोलन मुख्यत: ओलीतन्त्र विरुद्व केन्द्रीत भएको हुँदा त्यसप्रति नेकपा (माओवादी केन्द्र) स्वत: ऐक्यबद्वता जाहेर गर्दछ र सहकार्यको स्तरमा सम्बन्ध विकसित गर्न अनौपचारिक छलफलहरु प्रारम्भ समेत भईसकेका छन।

२) मार्क्सवादी आन्दोलनमा वैचारिक-राजनीतिक कार्यदिशा ( Line) र नेतृत्व ( Leadership) का आधारमा दुई लाईन संघर्ष गरिन्छ। यसरी हेर्दा ओलीसंग प्रचण्ड-माधवको “लाईन संघर्ष” नभएर “लिडर्शिप संघर्ष” हुन पुगेको देखिन्छ, जसका आधारमा उनीहरु विभाजित भए। अत: विचारधारा र राजनीतिमा खड्ग ओली र प्रचण्ड-माधव समुह एकै स्थानमा अर्थात अध्यावधि समान छन, लिडर्शिप अर्थात नेतृत्वमा मात्र पार्टी विभाजित भएको प्रष्ट देखिन्छ।

अब प्रश्न छ, के नेतृत्व संघर्षमा विजय हासिल गरेर मात्र राज्य जितिन्छ? राज्यसत्ता जित्न फरक अथवा विशिष्ट विचारधारा र राजनीतिक कार्यदिशा आवस्यक पर्दैन? मार्क्सवादी जवाफ हो, मुख्यत: विचारधारा र राजनीतिक कार्यदिशामा विशिष्ट विकासको जरुरत पर्छ। अन्यथा संगठन अकर्मण्यतामा फँस्छ, जित्ने त कुरै नगरौं। “जसको विचार, उसको नेतृत्व” यसकारण भनिएको हो कि यी दुईमध्य विचार मुख्य हो, ब्यक्ति सहायक। यध्यपि, ब्यक्तिले विचार निर्माण गर्छ र उक्त ब्यक्तिले निर्माण गरेको विचार सही लागेमा (ब्यक्तिहरुको) संगठनले स्वीकार गर्छ र त्यो पार्टी संगठनको विचार बन्छ।

अत: विचारधारा र राजनीतिमा खड्ग ओली र प्रचण्ड-माधव समुह एकै स्थानमा अर्थात अध्यावधि समान छन, लिडर्शिप अर्थात नेतृत्वमा मात्र पार्टी विभाजित भएको प्रष्ट देखिन्छ।

पार्टी संगठनको विचार कार्यान्वयन दायित्व ब्यक्तिकै हुन्छ, तर सामुहिक अथवा संगठित रुपमा। हो, यस आधारमा विचार निर्माण र कार्यान्वयनको दायित्व निश्चित ब्यक्ति र ब्यक्तिहरुको संगठनमा रहन्छ। “विचार निर्माण र कार्यान्वयन दायित्व” भएको संगठित ब्यक्तिलाई “नेतृत्व” र “कार्यान्वयन दायित्व” मात्र भएको संगठित ब्यक्तिलाई सामान्यत: “नेता” भन्न सकिन्छ।

तब अर्को प्रश्न खडा हुन्छ, पार्टी विभाजनपछिको स्थितिमा प्रचण्ड-माधव “नयाँ नेतृत्व” हुने कि पुरानै विचारको कारिन्दा ? पुरानै अर्थात ओलीसंग हुँदाकै विचारको कारिन्दा रहन्छन भने सर्बनाशबाट प्रचण्ड-माधव समुहलाई कसैले बचाउन सक्दैन, तर नयाँ विचार निर्माण र कार्यान्वयन दायित्व उठाउँछन भने गणतन्त्र रक्षार्थ आन्दोलन हुँदै उनीहरु सिद्वान्तत: अझ अघि बढ्न सक्ने हुन्छन। देश र जनताको अपेक्षा हो कि उनीहरु अघि बढ्ने ल्याकत आर्जन गरून्।

उपरोक्त विश्लेषणबाट भन्न खोजिएको यो हो कि ओलीतन्त्र विरुद्व संघर्षमा अब्बल ठहर्न प्रचण्ड-माधव समुहले सर्वप्रथम विचारधारा र राजनीतिक कार्यदिशामा सशक्त विकास गरुन। जसले, उनीहरुलाई ओली गुट भन्दा विशिष्टिकृत गरोस्। त्यस निमित्त हठात निम्न कदम चाल्न जरुरी देखिन्छ:
क) नेपाली गणतन्त्र हासिल गर्ने विचार मार्क्सवाद-लेनिनवाद-माओवाद (संक्षेपमा “माओवाद”) हो। अत: गणतन्त्र रक्षार्थ वैचारिक सामर्थ्य आर्जन गर्न स्वभाविक रुपमा प्रचण्ड-माधव समुहले माओवादको विज्ञान अख्तियार गर्न जरुरी छ।
ख) “माओवाद” भन्दा कसैको ज्यान नै गईहाल्ने रहेछ भने त्यस ब्यक्तिको ज्यान जोगाउदै अघि बढ्न कम्तिमा “माओ विचारधारा” मा त उठ्नै पर्छ। तब भन्न सकिन्छ, प्रचण्ड-माधवहरु एउटा जमर्को गर्दैछन!
ग) प्रचण्ड-माधवले अख्तियार गरेको भनिएको समाजवादी राजनीतिक कार्यदिशा वस्तुत: अमूर्त छ। भनिरहनु पर्दैन, अमूर्त समाजवाद काल्पनिक समाजवाद हो र काल्पनिक समाजवाद पुजीवाद, नेपालको संदर्भमा दलाल पुजीवाद नै हो। त्यस नियतीबाट माथि उठ्न उनीहरुले आफ्नो राजनीतिक कार्यदिशालाई मूर्त तुल्याउन जरुरी छ, जसका निम्ति सहयोग गर्न नेकपा (माओवादी केन्द्र) तयार छ।

पार्टी विभाजनपछिको स्थितिमा प्रचण्ड-माधव “नयाँ नेतृत्व” हुने कि पुरानै विचारको कारिन्दा ? पुरानै अर्थात ओलीसंग हुँदाकै विचारको कारिन्दा रहन्छन भने सर्बनाशबाट प्रचण्ड-माधव समुहलाई कसैले बचाउन सक्दैन

३) गणतन्त्रमा संकेन्द्रीत राष्ट्रीयताको अर्थ
भारतको हिन्दु अतिवादी संगठन “राष्ट्रीय स्वयंसेवक संघ (Rss)” का नेपाली दलालहरु घिच्रो फुलाउदै चिच्याउँन थालेका छन कि यहाँ हिन्दु राजा र राज्य चाहियो! भाजपाको नरेन्द्र मोदी सरकार त्यही Rss निर्देशित सरकार हो। त्यहाँको कांगेस आई कम्सेकम धर्मनिरपेक्षताको पक्षपाती देखिन्थ्यो। तर, जम्मु-काश्मीर मुद्दामा हिन्दु साम्राज्यवाद थोपर्ने मोदी सरकार र गणतन्त्रलगायत जनयुद्व र जनआन्दोलनका उपलाब्धीहरु अस्वीकार गर्ने खड्ग ओलीवीच एमसीसी माध्यम ईण्डो-अमेरिकन प्रपञ्चमा नेपालमा भयानक गृहयुद्व थोपरिंदैछ।

जसका निम्ति आंशिक उपलब्धीको संविधान निश्तेज पार्दै हिन्दु राजतन्त्र फर्काउन ओलीतन्त्र लागि परेको प्रचार भारतीयहरुले नै गरिरहेका छन। प्रष्ट छ, मुख्यत: भाजपा सरकार र सहायकमा अमेरिकी समर्थनको राजतन्त्र फर्काउने प्रपञ्चले नेपालको राष्ट्रीय स्वाधीनता रक्षा गर्ला? किमार्थ गर्दैन। बरु ईण्डो-अमेरिकन प्रपञ्चको राजतन्त्र फर्केमा त्यसले गणतन्त्र नेपाललाई सिक्किमको बाटो हिड्न अझ बाध्य तुल्याउने छ। अत: राष्ट्रीयता र लोकतन्त्र रक्षाको एक मात्र कार्यभार गणतन्त्र रक्षार्थ बृहत्तर आन्दोलन हो।

यसरी नेकपा (माओवादी केन्द्र) ले आफ्नो स्थायी समितिबाट भर्खरै निर्णय लिइयो- “गणतन्त्र रक्षार्थ माओवादी तथा पूर्व माओवादीहरु, विभिन्न कम्युनिस्टहरु, पहिचान पक्षधर समाजवादीहरु र लोकतन्त्रीक शक्तिहरुवीच सहकार्य र संयुक्त आन्दोलनमा जोड दिनु पर्दछ।”