कविता : म मेरो देशसंगै छु

म तिमीमा अडिएको छु
तिमी ममा अडिएका छौ
जसरी हिमालका अनुहारहरु यो संसारमा घुमीरहेका छन्
जसरी सागरका यात्राहरुमा यस संसारका पाइलाहरु जोडिएका छन्
जसरी आर्टिका, अन्टार्टिकाले अर्को संसारलाइ हामी भित्र पोत्छ !
यसको अर्थ तिमी म जस्तै हुनुपर्छ यो होइन
म तिमी जस्तै हुनु पर्छ यो पनि होइन

म सहन्छु तिमी तिमी भित्रै फुल्नु पर्छ !
म स्विकार्छु म म भित्रकै देखिनु पर्छ !

तर पनि कहिलेकाॅहि हामी जोडिएको
हामी जोडिनु हामीले हामीलाइ चिन्नु सम्म हो !

संसार त
भाषाको माध्यमले,
संस्कृतिको माध्यमले ,
पर्विघिको माध्यमले,
विज्ञान र आविस्कारको माध्यमले !

कहाॅ न छुटियो र
न कहाॅ छुटिन सक्छ

हो हामीले एक अर्कालाइ कहाॅ सम्म मिलायौ
मिलाउने भाग्यतर लिएर आउने छौ

त्यसैले म पल सिमापार तिर हराए भनेर
म सिमाकै भए भनेर नसोच !
म पर संसार र संस्कृतिमा रमाएॅ भनेर
म पनि उतै मेटिए भनेर नसोच
हामी त जानी नजानी यस संसारमा जोडिन मिसिएका छौ।
केहि रहर
केहि बाध्यताले
केहि कहर
कहि मानवताका नाममा !
कहिं इन्सानियतका नाममा !

जसरी पृथ्वीको घेराले हामीलाइ जोडिदिएको छ

यहिं न म केहि उनका खुशीहरुमा जोडिएकी हुॅ
केहि उनका स्वीकारोक्तिहरुमा खुशी मनाएकी हुॅ
तर म कतै गएकी छैन
म त यहिं छु
यस धर्तिपर पनि मेरो देशको पर्खाल भित्रै छु !
मेरा अक्षर र अनुकम्पाहरुले मेरो नाम र मेरो पहिचान बुन्दै
म अन्त कतै गएकी होइन !

म म भित्रै छु !