कविता : मौनता

म यसरी नै हराए भने ! ,
नेपथ्यमा बाॅचे भने !
रहें भने मौन मौन !
मैले जान्ने छैन् !
कास भित्र,
कास बाहिर
उनीहरुले के गरीरहेछन् ,उनीहरुले के गरीनरहलान्? ?
सत्तापर्तिको यो बितिष्णा पनि !
आजकै दिन जस्तै
धेरै शताब्दिदेखि !
मलाइ जस्तै अरु धेरैलाइ यस्तै बितिर्णा लागेको हुॅदो हो !
मौन भएर बाच्न !
मौन रहेर चित्त बुझाउन !
ति अनेक चर्याहरुलाइ ठेग्न नसकेर !
केहि यस्तै म अचेल केहि नजान्ने भएको छु !
केहि नसिक्नेभएको छु !
मलाइ अचेल ठुला र चिल्ला, उदार र सर्वशक्तिमान्
स्वाभिमान, अभिमानि मानिसहरुका कुराहरुले पनि कुने मुल्य
राख्दैनन्
अर्थ दिदैनन्
!
उसो त मेरी आमा पनि थाकिसकेकी छन्
के उनको स्वर्ग भुमी स्वर्ग फेरी बन्छ त !
उसो त मेरो देश पनि गर्हौं छाति उठाएर बाॅचीरहेछ !
के मेरा मट्टि सुगन्धले फुल्छ त ?
सत्ताको त्यो र यो कालो रात !
शक्तिका ति र यि तपशिल भागबण्डा !
हेर्दा हेर्दै रदेख्दा देख्दै मेरी आमा र मेरो देशको आत्म्हरु पनि यसरी नै शब्दहिन भएहोलान् !
निकै खाली !
बिद्रोह गर्दा गर्दै,
सम्झाउदा सम्झाउदै,
शान्तिले , पेर्मले पोत्दा नपोत्दै !
म जस्तै !
उनी पनि
चेतनहिन बस्नु !
दिनदिनै अखबारमा,
दिनदिनै टिभि मा,
पल पल पत्रीकामा केहि यस्तै मन नलाग्ने कुरा पढ्दा र देख्दा देख्दै !
कहिले हो फेरी आमाको अनुहार हुने !
देशले स्वाभिमान र गौरवले विश्वमा आफ्नो नाम लेख्न पाउने !
यि समय कुर्दा कुर्दै कति कर्म शिल छोरा हरु र कति सन्तानहरु !
यस अवचेतनाबाट चोइटिएर, खसेर निक्कै पर गए होलान्

सिमानापर !
तर यसरी मौन हुनु,
चेतनहिन हुनु !
यो मेरो रोजाइ होइन्
यो मेरो खुशी होइन !
पनि यो अथाह बितृस्णा, यो बेरोगन उच्छवास !
लेखेरै भएपनि म बिद्रोहि बनेकीहुॅ ! !