विगत ६ महिना अघि देखि शिङ्गो मुलुक विश्व व्यापी माहामारीको रुपमा उत्पन्न नोवल कोरोना भाईरस कोभिड—१९¬)का आक्रान्त छ । कोरोना रोकथाम तथा यसको प्रतिकार्यका लागि सरकारले ५ महिना लामो बन्दाबन्दी –लकडाउन ग¥यो ।तर पछिल्लो समय लक डाउन खुकुलो भएसंगै कोरोना संक्रमण समूदाय स्तरमा फैलिएको हो।
कोरोना भाईरसकै कारण देशको अर्थतन्त्र प्रतिकुल बन्दै गईरहेको छ भने देशका अघिकाश उद्योग धन्दा ,पर्यटन,कृषि र पूर्वाधार विकासका काम प्रभावित बन्दै गईरहेको पाईएको छ । कोरोनाकै कारण सबैभन्दा बढी समस्यामा परेका छन् गरिव तथा विपन्न बर्गका समूदाय । दैनिक बिहान र बेलुकी दुई हात पाखुरा खियाएर चुल्हो उज्यालो पार्ने विपन्न वर्गका पीडा झनै दर्दनाक र कारुणीक छ ।
लकडाउनमा सरकारले घरभित्रै बस्न र अनाआवश्यक हिडडुल नगर्न आग्रह ग«¥यो । केही अतिआवश्यकीय काममा बाहेक यात्रा नगर्न ,मास्क अनिवार्य लगाउन र समुदायसंग रहदा सामाजिक दुरी कायम गर्नुपर्ने भनेको छ । तर,मुस्ताङमा एउटा यस्तो वर्ग छ ,जसलाई गिट्टी नकुटी जिवन चल्दैन । त्यो बर्ग मुस्ताङको नभई गैर जिल्लाका विपन्न मजदुर हुन् । ज्याला मजदुरी गरी जिवन निर्वाह गर्न लामो समय देखि मुस्ताङमै कर्मथलो बनाएका उनीहरुको दैनिकीनै गिट्टी कुटेर वालवालिका पढाउनु र पेट भर्नु हो । अहिले त्यो बर्गलाई प्राकृतिक प्रकोपका रुपमा देखा परेकोकोरोना भाईरसले गिट्टी कुट्नलाई रक्तिभर बाधा पु¥याएको छैन ।
मुस्ताङको घरपझोङ गाउपालिका कार्यालयको ठिक ५० मिटर उत्तर र जोमसोम —कोरला सडक छेउमा एउटा ठुलो चट्टाने पहाड छ । त्यही पहाडको फेदमा करिव एक दर्जन विपन्न मजदुरको जिवन कथा गिट्टी कुट्ने कर्मसंग जोडिएको छ । त्यहाँ धादिङ ,म्याग्दी ,बाग्लुङ ,रोल्पा र रुकुम लगायतबाट आएका विपन्न मजदुरले गिट्टी कुट्ने काम गरेको पाईएको छ । चाहे हिउँदयामको माईनस डिग्री तापक्रमको चिसो र हिमपात परोस् उनीहरुको गिट्टी कुट्नै कर्म रोकिदैन ।
बर्खायाममा गिट्टी कुट्न केही सहज भएपनि यसपटक उनीहरुले जिम्मा गरेको गिट्टी सहज रुपमा बिक्री हुन सकेको छैन ।कोरोना कहरका कारण विकास निर्माणको काम प्रभावित भएसंगै उनीहरुको पेशामा पनि असर परेको त्यहा गिट्टी मजदुर बताउछन् । गिट्टी कुट्ने कतिपयले स्थानीयको खेतबारी अघिया कमाएर बसेका छन् । उनीहरले हातका पाखुरा खियाएर जम्मा पारिएको एक ट्याक्टर गिट्टीको मुल्य ५ हजार रुपैया पर्छ । एक ट्याक्टर गिट्टी संकलन गर्न १५ दिनसम्म लाग्ने मजदुरहरुको भनाई छ।
बर्सेनि महङ्गीले बजार आकासिदै गर्दा उनीले श्रम गर्ने गिट्टीको मुल्य विगत ५ वर्ष देखि स्थिर र उस्तै छ । म्याग्दी खिवाङकी लिलमती रसाईली पनि कोरोना कहरकाबीच परिवारको खर्च चलाउन जोमसोममा गिट्टी कुट्ने काम गर्छिन् । लामो समय देखि स्थानीयको खेतबारी कमाउदै आएकी उनी लकडानमा घर फर्किएकी छैनन् । म्याग्दीबाट बालबच्चासहित मुस्ताङमा जिविको पार्जन गर्न आएको उनले सुनाईन् ।
उनका अनुसार दुख र मेहनत गरी थुपारेको गिट्टी पनि विकासको काम रोकिएकाले सहज रुपमा बिक्री हुन नसकेको बताईन् । लिलमतिले मुखमा माक्स लगाएर कोरोनाबाट सुरक्षित रहदै दैनिक कर्म गरेको जनाईन् । कोरोना माहामारीमा गिट्टी कुटेर बस्दा समय गएको पत्तै नहुने उल्लेख गरिन् ।‘अरु केही काम छैन ।कोरोनाले सबै काम ठप्प छ ,यो गिट्टी काम नगरे त भोकै मरिन्छ ।’ उनले भनीन् ।
यस्तै ,विगत १० वर्षअघि देखि जोमसोममा गिट्दै आईरहेकी बाग्लुङ मिसी घर भएकी मनिषा बुढा मगरले परिवार धान्न जोमसोममा हिउदयामको ३ महिना गिट्टी कुटने काम र बर्खायाममा ज्याला मजदुरीको काम गर्ने गरेको बताईन् ।
यसपटक बर्खायाम भएपनि ज्याला मजदुरीको काम नपाईएकाले गिट्टी कुट्न थालेको जानकारी दिईन् । उनले कोरोना कहरले विकासको काम रोकिएपछि आफुहरु बेरोजगार बस्नुपर्ने अवस्था आएको उल्लेख गरिन् ।
फोटो क्याप्सन ः
मुस्ताङको घरपझोङ—४ जोमसोममा गिट्टी कुट्दै जिल्ला बाहिरका मजदुर । तस्विर ःएसके थकाली ।




