— मुस्ताङको थासाङ गाउँपालिका—१ टुकुचेका स्थानीय यूवा किसान निरज तुलाचन जिल्लाकै एक उदयमान नमूना कृषकको रुपमा स्थापित भएका छन् ।सन् २००२ मा वैदेशिक रोजगारीका लागि जापानतर्फ हानिएका उनी आफ्नै गृह जिल्ला मुस्ताङको थाकथलो टुकुचेमा स्याउ खेतीको बाटोलाई पछ्याए ।
रोजगारीका लागि जापान बस्दा उनले त्यहाको विभिन्न आधुनिक स्याउ लगायतका फार्मको अवलोकन गरे ।गाउमा पूस्तौ देखि चल्दै आईरहेको रैथाने स्याउ खेती भन्दा नयाँ र पृथक आधुनिक प्रविधिको स्याउ खेती गर्ने मोहले तुलाचनलाई गाउ फर्कायो । गाउँमा फर्किएर आधुनिक स्याउ खेती गर्ने उद्देश्यले आफु सन् २००९ मा नेपाल फर्किएको युवा किसान तुलाचन बताउछन् । ११ वर्षअघि जापानबाट नेपाल फर्किएका उनी कृषि कर्ममा समर्पित छन् । अहिले गाउकै झोङो ,चोखोपानी र स्यालम लगायतका स्थानको ४२ रोपनी क्षेत्रफलमा स्याउ खेती बिस्तार उनले गरे । उनले आफ्नो पूख्यौली जग्गा जमिनसहित केही व्यक्तिहरुको जग्गा लिजमा लिएर स्याउ खेती बिस्तार गरेको बताउछन् ।
जपानबाट फर्किएको ४ वर्षपछि सन् २०१७ मा तुलाचनले थासाङ—१ टुकुचेमा आई.पि.एम. एप्पल मोडेल फार्म खोले । टुकुचेको स्यालम् बगरे फाटमा उनको फार्म छ । तुलाचनको त्यहाको बगरेफाट २०४० साल अघि खेतीयोग्य जमिन थियो । उनको पूख्यौली खेतमा थापाखोलाको बाढी पसेपछि झन्डै २० रोपनी जग्गा बगरमा परिणत भयो । अहिले त्यही बगरमा परिणत खेतलाई पूनरजिवित गर्दै तुलाचनले एप्पल फार्म सुरु गरेका हुन्।बाढीले क्षति बनाई खेर गएको जमिनलाई पूर्नजिवित गराउन तथा बगैचा व्यवस्थापनमा उनले ६० लाख खर्चिए ।
त्यहा उनले उच्चघनत्व प्रविधिको स्याउ खेती नामक कार्यक्रमसहित मोडेल फार्म दर्ता गरे । फार्ममा उनले मनाङ एग्रो स्याउ फार्मबाट ११ सय थान उच्च घनत्वको स्याउ बेर्ना लगाएका छन् । फार्म २५ सय स्याउ बेर्ना लगाउने ृउनको योजना छ । मोडेल फार्मका लागि कृषिज्ञान केन्द्र म्याग्दीले उनलाई बेर्ना खरिदमा ५ लाख अनुदान उपलब्ध गरायो। पञ्चिम तर्फ ठाडो खोला र फार्मको पूर्वतर्फ कालिगण्डकी किनारमा आफुले जोखिम मोलेर फार्ममा ठुलो लगानी गरेको बताउछन् ।उनी भन्छन् ‘भीरको छेउमा घर र खोलाको छेउमा बस्ती बस्नु मूर्खता भन्थे तर ,त्यसको डर नमानी स्याउ खेती सुरु गरे।’
स्याउ खेतीका लागि तुलाचन पछिल्लो समय सक्रिय छन् । स्थानीय किसानलाई स्याउ खेतीको प्राविधिक ज्ञान र क्षमता बृद्धि गर्न ३ वर्षसम्म आईपिएम तालिम उपलब्ध गराए । बुबाको सोच कान्छो छोरो गाउँमै बसेर पुख्र्यौली पेशा गरिदिए हुन्थ्यो भन्ने रहेको र आफनो पनि मनै देखि स्याउ खेती गर्न लोम्याएकाले स्याउ कर्ममा होमिएको तुलाचन बताउछन् । स्याउ खेतीको प्राविधिक दक्षतामा निकै खारिएका उनले भारतका विभिन्न प्रान्तमा यसको अध्ययन गर्न मौका मिलेको बताए ।
मुस्ताङमा पहिलो पटक स्याउ खेती सुरु गर्ने अंग्रज अभियान्ता बुद्धिरत्न शेरचन र स्याउ बिज्ञ मदन राई,पासाङ शेर्पा र वालकृष्ण अधिकारी लगायतबाट स्याउ खेती संम्वन्धि दक्षता हासिल गरेको उनले खुलाए ।े स्याउ खेतीबाट सबै खर्च कटाएर वार्र्षिक २२ लाख आम्दानी गर्ने गरेको उनी बताउछन् ।
उनी भन्छन् ‘ उच्च घनत्वको बेर्नाले फल दियो भने अझै आम्दानीको दायरा फराकिलो हुनेछ । विदेशमा भन्दा गाउघरमै बसेर खेतीपाती गर्दा अनुभुतिनै बेग्लै हुन्छ।’ उनले आफुले गर्ने स्याउ खेती विषादी रहित हुने जैविक मलको प्रयोगलाई महत्व दिएको उल्लेख गरे ।
फोटो क्याप्सन
थासाङ—१ टुकुचेका स्याउ किसान निरज तुलाचनको स्याउ मोडेल फार्म । तस्विर ःएसके थक




