स्कुल जाने बेलामा
आमा जान्छिन मेलामा ।
डुलाएर तरकारी
बाले बेच्छन् ठेलामा।
दाइ जान्छ जहिले नि
जुलुस र भेलामा ।
भन्छ दाइले सबैलाई
बस्ने होइन हेलामा ।
हामी जाग्यौं भने पो
पर्छन् अरु फेलामा ।
छैन घर सहरमा
बस्छौं हामी डेरामा ।
सुरज उपाध्याय पोखरा
श्रावण १३ गते २०७७
स्कुल जाने बेलामा
आमा जान्छिन मेलामा ।
डुलाएर तरकारी
बाले बेच्छन् ठेलामा।
दाइ जान्छ जहिले नि
जुलुस र भेलामा ।
भन्छ दाइले सबैलाई
बस्ने होइन हेलामा ।
हामी जाग्यौं भने पो
पर्छन् अरु फेलामा ।
छैन घर सहरमा
बस्छौं हामी डेरामा ।