कर्णाली प्रदेशको बजेट ३३ अर्ब ७४ करोड (पूर्णपाठसहित)

कर्णाली प्रदेशले आर्थिक वर्ष २०७७र०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको छ ।

कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संसदमा बजेट प्रस्तुत गरे । प्रदेशको पुँजीगत खर्च १९ अर्ब ६ करोड ९१ लाख २१ हजार र चालू खर्च ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार रुपैयाँ छ । वित्तिय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

कोभिड नियन्त्रण रोकथाम र उपचारका लागि ७ करोड ४१ लाख बजेट छ । रोजगार कार्यक्रमका लागि कर्णालीले २ अर्ब ५ करोड २६ लाख विनियोजन गरेको छ ।

प्रशासनिक खर्च ८अर्ब ५१ करोड ९० लाख ३२ हजार हुने अनुमान छ ।

आन्तरिक राजस्वबाट ३० करोड ६ लाख ५३ हजार र चालू आवमा खर्च नभएको ११ अर्ब १९ करोड ९ लाख आगामी वर्षको बजेटमा खर्च गर्ने योजना छ । संघीय सरकारबाट राजस्व बाँडफाँटबापत ७ अर्ब ३९ करोड, वित्तीय समानीकरण अनुदानबाट प्राप्त ९ अर्ब ६३ करोड र सशर्त अनुदानबाट अर्ब ४९ करोड समपूरक अनुदानबाट २५ करोड र विशेष अनुदान वापत ४६ करोड हुने अनुमान प्रदेश सरकारले गरेको छ।

karnali-pradesh-budget-2077-78