अबको विकल्प बैज्ञानिक समाजवाद

मार्क्सवाद सङ्घर्षद्वारा मात्र विकसित हुनसक्छ । यो कुरा विगतको हकमा मात्र नभई वर्तमानको हकमा र भविष्यको हकमा पनि त्यत्तिकै साँचो हो । जे कुरा सही छ त्यो सधै नै गलत कुरासंगको सङ्घर्षबाट विकसित हुन्छ । सत्य शिव र सुन्दर सधै नै असत्य अशिव र कुरूपको विरोधमा विध्यमान हुन्छन् र तिनीहरूको सङ्घर्षबाटै विकसित हुन्छन् । मानवजातिले कुनै गलत कुरालाई अस्वीकार गरेर कुनै सत्यविशेषलाई स्वीकार गर्नसाथ नयाँ सत्यहरू नयाँ असत्यहरूसंग सङ्घर्ष गर्न थालिहाल्दछन् । यस्तो सङ्घर्ष कहिल्यै टुङ्गिने छैनन् । यो सत्यको विकासको र स्वभावतस् मार्क्सवादको नियम नै हो ।
माओत्सेतुङ

क्रन्तिकारी सिध्दान्तविना क्रान्तिकारी आन्दोलन हुन सक्दैन, क्रान्तिकारी विचार त्यसै अनुरूपको पार्टीसङ्गठन, नेतृत्व र ठोस कार्यदिशा भएको पार्टीले मात्र क्रान्तिको नेतृत्व गर्न सक्दछ । पार्टीको आन्तरिक जीवनमा अन्तर सङ्घर्ष र दुई लाइन सङ्घर्ष, दक्षिणपन्थी अवसरवाद, राष्ट्रिय आत्मर्पणवादसंग सङ्घर्ष गर्दै पुरानो ध्वंस र नयाँको निर्माणका लागि भीषण रूपमा भिड्न तयार हुने मात्र सच्चा कम्युनिष्ट हुने कुरा नेपालमा कम्युनिष्ट पार्टी स्थापना काल देखि पढ्ने पढाउने गर्दै आएको विषय हो । यस्ता कक्षाहरू सन्चालन हुन थालेको सात दशक भयो । यो सात दशकमा नेपालमा चार वटा राजनीतिक परिवर्तनहरू भए । कम्युनिष्ट पार्टीले पनि पटक(पटक नेतृत्व र रूपहरू फेरि रहेको छ । जुन समयमा पार्टीले सही नेतृत्व क्रान्तिकारी कार्यदिशा अपनाएको छ त्यस समयमा पार्टीको विस्तार र सङ्घर्षहरू भएका छन् ।

जुन समयमा पार्टीमा नेतृत्व दक्षिणपन्थीको हुनपुगेको छ त्यस समयमा पार्टी विशर्जनमा पुगेको छ । पार्टी स्थापनाको पहिलो चरणमा पार्टीको नेतृत्व पुष्पलालले गरेका थिए । पार्टीको कार्यदिशा पूर्ण प्रजातन्त्रको थियो । नयाँ जनवाद शब्दमा नभए पनि पूर्ण प्रजातन्त्रको अर्थ जनगणतन्त्र हुन्थ्यौ । २००७सात सालमा भएको राजनीतिक परिवर्तनले सामन्तवादलाई निषेध गरेर पुँजीवाद ल्याउने कार्य दिशा नै लिएन । परिवर्तन भने पनि सामन्तवादी राजतन्त्र र दलाल संसदीय पुँजीवाद सङ्गै मिलेर आयो । राजतन्त्र र दलाल संसदीय पार्टी कङ्ग्रेसको मूख्य दुश्मन कम्युनिष्ट पार्टी बन्न आयो । पार्टी स्वत प्रतिबन्धमा प(यो । त्यस समयमा यश पार्टीले अनावस्यक लान्छनाहरू धर्म मान्न पाइद‌ैन,, दिदी वहिनीहरूसंग विवाह गर्न बाध्य पारिन्छ, जातपात हुदैन , क्षेत्री बाहुनलाई पनि सुगुरको मासु खुवाइन्छ, साठी वर्ष पुगे पछि गोली ठोकेर मारिन्छ जस्ता प्रचारको समेत खण्डन गर्न पर्ने स्थिति बन्यो । यस्ता नारा काग्रेसले २०४६ सम्म लगउँदै आएको सर्व वितित नै छ ।

सही कार्य दिशा भएकाले पुष्पलालको नेतृत्वमा पार्टीले विकास ग(यो । प्रतिबन्ध काल मै किसान आन्दोलनहरू भए । काठमाण्डौ नगरको प्रथम नगर चुनावमा जित्न सक्यो । पश्चिम नेपालमा भिमदत्त पन्तले बर्ग सङ्घर्ष चलाएको समय पनि यही हो । जव बिन्ति पत्र चडाएर पार्टी खुला गरियो पार्टी बिसर्जन पनि भयो ।

बिसर्जन भएको पार्टीलाई क्रान्तिकारी बाटोमा ल्याउने काम चन्द्रप्रकास मैनालीको नेतृत्वमा झापा बिद्रोहले ग(यो । यश समयमा मार्क्सवाद लेनिनवाद माओ विचार धारा,नयाँ जनवाद भन्ने तर क्रान्तिकारी पार्टी सङ्गठन जनसेना सम्युक्त मोर्चामा ध्यान नदिने बिगठित संसदको पुनर्गठनको राजनीतिक कार्क्रम बनाउने र संविधान सभाको चुनावद्वारा देशभक्तहरू र जनतान्त्रिक शक्तिहरूको सरकारका नाराका छद्म संशोधनवादी क्रान्तिकारीहरूको काल पनि दोस्त्रो काल बन्न पुग्यो । पुष्पलाल पछि क्रान्तिकारी धार समाउनेमा झापा बिद्रोहको कोके माले अघि आयो । नेकपा मालेले संसदीय पुँजीवादी बाटो समाते पछि फेरि क्रान्तिकारी धार बिसर्जन भयो ।

मालेको राजनीतिक कार्यदिशा जनताको बहुदलीय जनवाद भए पछि यसले पञ्चायतको पनि उपयोग ग(यो । क्रान्तिकारी धारको विसर्जन भएको यश समयमा देशभक्तहरू र जनतन्त्रवादीको सरकार गठन गर्न संविधान सभाको माग गर्ने पार्टी, जस्ले फेरि महाधिबेशन गरी सत्ता जनतामा हस्तान्तरण गर भन्ने उस्तै नीति कार्यक्रम बनाएको थियो यही पार्टी भित्र अन्तर सङ्घर्ष र दुई सङ्घर्षद्वारा मोटो मशालको निर्माण भयो । एका तर्फ मालेले संसदीय पुँजीवादी बाटो लिएकाले संसदीय फाँटमा स्थापित भयो । अर्को तर्फ नेकपा मशाले क्रान्तिकारी धार निर्माण गर्दै नेकपा माओवादी बन्नपुग्यो ।

२०४६ साल सम्म आइपुग्दा संसदीय बाटो समातेको मालेबाट एमाले बनेको पार्टी नेकपा एमाले नेपाली काग्रेसकै नीति कार्यक्रमको काग्रेसको बिकल्पको पार्टी बन्न पुग्यो । एकातर्फ संबैधानिक राजतन्त संसदीय प्रजातन्त्र भन्दै संसदीय पार्टीहरूले अहिले विश्वमा हावी भएको उदारवादी अर्थतन्त्र लागू गरे । देशमा भएका उद्दोग धन्दाहरू निजी करणका नाममा कमिशनमा बेच्ने काम गरे । भारतीय हस्तक्षेपलाई स्वीकार गर्दै गए । भएका उद्दोग कलकारखानाहरू बिदेशीहरूलाई दिए ।सरकारको काम भ्रष्चाचार कमिशन आ(आफ्ना मानिसहरूलाई भ्रष्टाचार हुने क्षेत्रमा मिलान, जनतामा दमन उत्पीडन,असमान सन्धि सम्झौता आदि भयो । अर्को तर्फ माओवादीले जनताका सम्पूर्ण समस्याहरूलाई समेटेर दीर्घकालिन जनयुध्द सुरू ग(यो ।

यसले राष्ट्रियता जनतन्त्र जनजीवीकाका सबै समस्याहरू समाधान न‍भए सम्म जनयुध्द जारी राख्ने, आमशिक सुधारमा क्रान्तिलाई नरोक्ने, जनयुध्दकै माध्यमद्वारा सर्वहारा,मजदुर किसान, अल्पसङ्ख्याका जातजाति दलित, लैङ्गीक रूपमा पछि पारिएका महिला क्षेत्रीयरूपमा पछि पारिएका जनताका समस्याहरू समाधान गर्ने प्रतिबद्धता ग(यो । संसदीय ब्यवस्थाको उत्पीडनबाट मुक्तिको बाटो जनताले माओवादी जनयुध्दमा देखे । विश्वमै एक किसिमले पराजय ब्यहोरेको कम्युनिष्ट आन्दोलनले नेपालमा अत्भूत रूपमा बिकास ग(यो । दशौ हजार सहिद भए, हजारौ बेपत्ता भए, लाखौ अङ्गभङ्ग भए, लाखौ लाख जनता माओवादीमा समाबेस भए, जनसेना जनकम्युन जनसरकारहरू बने । भारत अमेरिकाको सहयोगमा फासिवादी तरिकाले दमन गर्दा पनि आन्दोलन अटल रहिरह्यो ।

विचार सहितको नेतृत्वले क्रान्तिलाई बिजयमा लाने हो जब नेतृत्वमा बिचलन आउँछ त्यस नेतृत्वलाई अन्तरसङ्घर्ष दुई लाइनसङ्घर्षद्वारा बिस्थापित गरि पार्टी नीति कार्यक्रमलाई अघि लाने दोस्त्रो नेतृत्व भएमा क्रान्तिले ठूलो धक्का ब्यहोर्न पर्दैन थियो । तर माओवादीमा तत्काल त्यस्तो बिकल्पको नेतृत्व भएन । जब मूख्य नेतृत्वका प्रचण्डमा बिचलन आयो । उनले आफ्नो प्रतिबद्धतालाई छाडे । राजनीतिक नारा फेरे । दोस्त्रो राष्ट्रिय सम्मेलन गरि गोलमेच सम्मेलन अन्तरिम सरकार संविधान सभाको चुनावकोनारा पास गराए । नयाँ जनवाद अब पार्टीको कार्यक्रम भएन । अझ अघि बढेर एक्काइसौं शताब्दीको जनवाद पनि पास गराए । राजनीति कार्य दिशा अनुशार नै पार्टी अघि बढ्ने हो । जब राजनीतिक कार्यदिशा अन्तरिम सरकार संबिधानसभा एक्काइसौ शताब्दीको जनवाद भए पछि गन्तव्य स्वतस् काङ्ग्रेस एमालेकै हुन्थ्यो । यश ठाऊमा आइपुग्न उनलाई ठूलो कसरथ गर्न प(यो ।

अहिले मोहनबिक्रमको संविधान सभाको चुनाव र सत्ता जनतामा हस्तान्तरण गर भन्ने दुबै नारा पूरा भएका छन् । एमालेको वहुदलीय जनवाद र प्रचण्डको एक्काइसौ शताब्दीको जनवादको सरकार चलिरहेको छ । जनताले यिनीहरूका बिगतका क्रान्तिकारी गतिबिधि देखेर भोट हालेका हुन् । कम्युनिष्ट नामकै पूर्ण बहुमतको सरकार छ । जनताका समस्याहरू घट्नु भन्दा झन बढेर गएका छन् । राष्ट्रियताको स्थिति सबभन्दा नराम्रो भएको छ । भारतले तीनै तर्फबाट सिमाना मिचेको छ । अझ नेपालको भित्रि भाग लिपुलेक कालापानी लिम्पीयाधुरालाई आफ्नो राजनीतिक नक्शामै समाबेस गरि बाटो समेत निर्माण गरि सकेको छ । भ्रष्टाचारले सिमा नाघेको छ । अरू त के प्रधान मन्त्री निवास समेत पार्टीकै महासचिवले दलालसंग किनेको भन्छन् । नवउदारवादी अर्थ ब्यवस्था लागू गर्दा राज्यको सबै अर्थ ब्यवस्था दलाल पुँजीवादीको हातमा गएको छ । सरकारमा भएका प्रधान मन्त्री, मन्त्री, ब्यवस्थापिका संसद, लगायत पार्टीका नेताहरू समेत आर्थिक रूपमा दलाल पुँजीपतिका अधीनमा परेका छन् । राष्ट्रिय ढुकुटीको दोहन गर्न पनि दलाल पुँजीपतिको माध्यमले मात्र गर्न पर्ने स्थिति बनेको छ । सरकारी कर्मचारी सेना पुलिस शिक्षक प्रध्यापक लगायत जनसेवाका सेवाहरूमा नातावाद कृपावादले गर्दा अयोग्यहरूको भिड लागेको छ ।

संबैधानिक अङ्गहरू, न्यायलयहरूमा भागबण्डाका हिसावले नियुक्ति हुने गरेको छ । सरकारले निर्माण ब्यपार क्षेत्रमा पनि शैनिकलाई जिम्मा दिएर बसेको छ । कोरोनाको महामारी विश्वभर फैलिएको छ । लगभग एक तीहाई जनसङ्ख्या विश्वका विभिन्न मुलुकमा छरिएर श्रम गरिरहेकोमा हाल कोरोनाका कारण ठूलो सङ्ख्या बेरोजगारमा परेको छ । मानवअधिकारको कुरामा त्यति चासो नराख्ने खाडी मुलुकहरूमा नेपाली श्रमिकहरूले रोजगारी गुमाएका छन् । न तिनीहरूको सम्बन्धित देशले जिम्मा लिएको छ न नेपालले जिम्मा लिन्छ । हस्तिनापुर आउन चाहने पाण्डवहरूलाई धृष्टराष्टले हस्तिनापुर नआऊ जाँहाँछौ त्यही सुखी रहु भनेर आशीर्वाद दिए जस्तै सरकारले नेपाल नआऊ जाँहाँ छौ त्यहीं सुखी रहु भन्दै छ । देश निकला गर्न कुनै अपराधिलाई पनि पाइदैन, सरकारले आफ्नै जनतालाई देश प्रबेसमा रोक लगाएको छ । प्रधान मन्त्रीले जीवन रोज्ने कि स्वतन्त्रता रोज्ने, अहिले स्वतन्त्रता होइन जीवन रोज्न परेको छ भनेर भाषण गर्छन् । प्रबासमा हुनेको जीवन हुन्छ कि हुदैन ।

स्वयम् नेपाल कम्युनिष्ट पार्टी नेकपाको सरकारमा बसेर ब्रह्रलुट गर्ने र गर्न नपाउने वीच सङ्घर्ष छ । याहाँ जनताका कुनै सरोकारका बिषयहरू केही छैनन् । केवल सरकारको नेतृत्वमा को जाने भन्ने छ । सङ्घीय संसदमा लगभग दुई तीहाई संसद सदस्यहरू नेकपाका छन् । ओलीको बिकल्प यी कुनै योग्य छैनन् । पार्टीको आधिकारीक बैठकमै सङ्घीय संसदमा हारेका जनताले बहिस्कार गरेका नेता बामदेव प्रधान मन्त्रीका आजैका उमेदवार हुन्छन् । स्वयम् प्रधान मन्त्रीले आफैले बामदेवलाई प्रधान मन्त्रीमा प्रस्ताव गरे पछि उनी स्वत काम चलाउ प्रधान मन्त्री मानिन्छन् । ईतिहास पछि फर्कदैन । अब जसरी दाशयुग सामन्तवादी युग आउन सक्दैन त्येस्तै यश दलाल पुँजीवादको बिकल्प राजतन्त्र वा अन्य कुनै पश्चागामि ब्यवस्था आउन सक्दैन । ओलीको बिकल्प प्रचण्ड वा माधव भएर समस्याहरूको समाधान हुन सक्दैन । नत नेपाली काग्रेस यसको बिकल्प हुन सक्छ ।
सबै नीतिको साँचो राजनीतिलाई मानिन्छ । राजनीतिको गति जहिले पनि निरपेक्षमा हुन्छ । सत्तरी वर्षको कम्युनिष्ट आन्दोलनले जनमत त तयार गर्न सफल भयो सत्ता प्राप्त गर्न सकेन ।

बिगतको असफल इतिहाँसलाई आलोचना गरेर वा यसलाई भजायर अवको बाटो निर्धारण हुदैन । इतिहाँसका सबल पक्षलाई लिने र दुर्वल पक्षलाई छाड्नु पर्दछ । अहिले हामीले माने वा नमाने पनि संसदीय राजनीतिको शिर्ष स्थानमा ओली प्रचण्ड नै छन् । यी दुईका प्रबृत्तीहरू राम्रोसंग नकेलाए सम्म अघिको बाटो पत्ता लाग्न सक्दैन । प्रचण्ड नायक खलनायक दुबै रोलमा आजसम्म सफल कलाकार हुन् । यिनी नभएको भए दस वर्षे जनयुध्द हुने थियो वा थिएन यो प्रश्न एकातर्फ छ । अर्को तर्फ प्रचण्डकै कारणले मनमोहन , माधब,झलनाथ, ओली प्रधान मन्त्री बन्न पाए । नेपालमा एक पटक कम्युनिष्ट भएको मान्छे पुन अनेत्र गएको निकै कम छ । मनमोहन प्रधान मन्त्री बन्न प्रचण्डले चुनाव बहिस्कार गरिदिदा कम्युनिष्ट भोट एमालेले पायो । जस्ले गर्दा ठूलो पार्टीको हैसियतमा मामोहनले प्रधान मन्त्री हुने मौका पाए ।

संसदमा हारेका माधब नेपाललाई संसदमा लगेर प्रधान मन्त्री बनाउने पनि प्रचण्ड नै हुन् । झलनाथलाई त अझै दाइजो नै दिए भन्दा हुन्छ । एमालेकै माधबलाई हटाएर झलनाथलाई लानु कुनै रनजनीतिक कार्य थिएन । यदि काग्रेसलाई छाडि प्रचण्ड एमाले तर्फ नआएको भए ओली जीन्दकी भर प्रधान मन्त्री बन्ने सम्भावना नै थिएन । यिनको चरित्र अनौठो छ । जनयुध्दको नेतृत्व पनि यिनले गरे । जनयुध्दको हत्या पनि यिनैले गरे । जनयुध्दको श्रेय पनि यिनले आफ्नै मान्दछन् जनयुध्द एक आतङ्कवादी गतिबिधि थियो यसलाई मैले शान्ति प्रक्रियामा ल्याएँ भनेर गर्भ पनि आफै गर्छन् । अहिले आफू गिरिजाप्रसाद कोइराला जस्तो हुँ भन्न पछि पर्दैनन् । जुन गिरिजाप्रसादले जनयुध्दमा हजारौ माओवादीको हत्या गराए त्यही जिरिजाको प्रतीक हु भन्न सक्ने कस्तो ब्यक्तित्व हो । हिजोका अपराधिसंग मिलि आफ्नो यिनको ज्यान जोगाई दिन आफ्नो ज्यानदिन तयार विप्लवलाई खतम गर्न लाग्ने उनको चरित्रलाई के भन्ने ।

अझ ओली जस्तो प्रतिक्रियावादी ब्यक्ति राजनीतिमा अरू देखा पर्दैनन् । बरू माओवादी जनयुध्दलाई राजा बिरेन्द्रले राष्ट्रवादी देखे । शेरबहादुरले समेत हिक्मत वाला नेता भन्दै वार्तामा बोलाए । माओवादीको माग पुरा गर्ने भन्दै हलीया मुक्ति कमैया मुक्ति कानुनहरू ल्याए । ओलीले माओवादीलाई आतङ्कवादी भन्दा तलका शब्द सम्म कहिल्यै बोलेनन् । संसदीय राजनीतिक पार्टीहरूले गर्ने आन्दोलनमा समेत कहिल्यै सहभागी भएनन् । एक त आन्दोलनमा सहभागी हुदा वा नहुदा यिनको कुनै अर्थ हैसियत नै थिएन यिनको सहभागिता हुदा वा नहुदा केही फरक पर्ने थिएन । यिनको उदय राष्ट्रघातबाट भयो । शेरबहादुरको पालामा महाकाली बेच्ने सन्धिको आयोगमा यिनी देखा परे । राष्ट्रघाती महाकाली सन्धि गराउन उनको ठूलो भूमिका रह्यो । यसबाट नकरात्मक वा सकरात्मक रूपमा देश भित्र र लेण्डुप दोर्जेका रूपमा भारतको नजरमा आए ।

यसरी राष्ट्रघातबाट उदय भएका ओलीलाई नाकाबन्धिमा राष्ट्रवादीको बिल्ला मिल्यो । यो बिल्ला आकस्मिक थियो । यिनी अति अनुदारवादी मान्छे हुन् । यिनले मदेश आन्दोलनलाई दवाउन कुनै कसर बाँकी राखेनन् । मदेशीहरूले भारतको शरण लिए । भारतले नेपाललाई नाकाबन्धि लगाई मदेशीलाई समर्थन गर्ने गलत नीति अपनायो । भारतको उद्येस्य सधै नेपाललाई आफ्नो अधिनमा राख्ने हुन्छ । ओलीको हटले यश बेला काम ग(यो । उनले यसैको आधारमा चिनसंग सम्बन्ध बनाउन सफल भए। यसरी उनलाई राष्ट्रवादी बन्ने कागतालि जुट्यो । जुन ओली गद्दार भारतका दलाल थिए उनै भारत बिरोधिमा नाम कमाए ।

अहिले ओली पूर्ण असफल छन् । अमेरिकाले एम् सिसीको माध्यमले अमेरिकी सेना ल्याउन लागि परेको छ । यसमा ओलीको पूर्ण समर्थन छ ,भारतले सिमा मिच्ने काम सधै गर्दै आएको छ, अहिले सिमा भित्रै सडक निर्माण गरेर दादागिरि देखाएको छ । अमेरिकी योजना र भारतको दादागिरी बिरूध्द जन सङ्घर्ष सुरू भै सकेको छ । रून्चेस्वरमा अनुय बिनय गर्नु भन्दा यो सरकारले अरू केही गर्न सक्ने अवस्थामा छैन ।राष्ट्रियताको सवालमा यो सरकार पूर्ण असफल भएको छ । नेपाली जनताले बीष भएको भारतीय तरकारी खान्नौ भन्दा भारतले खाउ भने पछि खान पर्छ भनेर सरकारले बिज्ञाप्ति नै निकाल्दछ । ब्यपार उद्दोग मनोरञ्जन हरेक छेत्रमा भारतको मनोमानि छ । सरकारको काम भारतीय बिस्तारवादी साम्राज्यवादीलाई सहजी करण गर्दिनु भएको छ । अहिले सम्म जनताले नबुझ्ने गरि राष्ट्रघाती काम भएका थिए अहिले देशै भारतले खाएको, एम् सिसीका नाममा अमेरिका सोझै हस्तक्षेपमा आउँदा सरकारको हबिगत देखिदै छ ।

जनतन्त्रको पूर्ण हत्या गरिएको छ । आफ्नै पार्टी भित्र पनि कुनै बिरोधि स्वरहरू आए भने उसलाई शत्रुवत ब्यबाहार गरिदै छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दुई सदस्यीय भएको छ । यी दुईमा पनि भागबण्डामा झगडा भैरहन्छ । राजनीतिक क्रान्तिको अन्त भएको घोषणा गरेर अब आर्थिक क्रान्तिको मात्र कार्यभार बाँकी छ भन्ने कस्तो दर्शन लिएका छन् । साहेद यिनीहरूको यस्तो दर्शनमा अब सूर्य पृथ्वी वायुको गति पनि स्थिर हुन्छ होला ।

हरेक तानशाह र फासिवादीहरूले समय आफुमा आएर अडेको देख्छन् । यसै संबिधानले पनि आ(आफ्नो बिचार र दर्शन अनुसार सङ्सङ्गठनहरू खोल्न बिचार प्रचार प्रसार गर्न छुट दिएको छ । दलालसंसदीय ब्यवस्था भन्दा अन्य बिचारलाई प्रतिबन्ध लगाएको छ । एकीकृत जनक्रान्तिको माध्यमद्वारा बैज्ञानिक समाजवादको कार्यनीति बनाएको विप्लवले नेतृत्वको पार्टीलाई प्रतिबन्ध नै लगाएको छ । राजनीतिक कारणले नै नेपाल कम्युनिष्ट पार्टीका सयौ नेता कार्यकर्ता जेलमा छन् । केहीको हत्या समेत भएको छ । पञ्चायतले भिन्न बिचार राख्नेलाई अराष्टीय तत्व भन्दै प्रतिबन्ध लगाऊथ्यो, प्रतिबन्ध कालमै पार्टीहरूले बिकास गरेर पञ्चायतको मात्रै अन्त गरेनन् राजतन्तको नै अन्त गरेको भरखरको ईतिहास सम्म यिनीहरूले बिर्सेका छन् । यिनीहरूको नियत जहिले सम्म सकिन्छ त्यति समय सम्म हैकम चलाउने देखिन्छ ।

जनजीवीकाको समस्याहरू जटिल भएका छन् । पुरानो आत्मनिर्भर अर्थब्यवास्था नष्ट भएको छ । दैनीक नगद नआएसम्म काम नचल्ने भएको छ । किसानहरू समेत दैनीक ज्यालादारी गर्न बाध्य भएका छन् । रोजगारीको अवसरहरू छैनन् । अवसरका खोजिमा लाखौ लाख जनता विश्वका कुना काप्चा सम्म पुगेका छन् । दुख कष्ट अपमान सहेर पनि देशमा रेमिट्यन्स भित्राई रहेकोमा हाल कोरोनाका कारण असङ्गठित छेत्रमा काम गर्नेहरू विश्वभर सडकमा पुगेका छन् । आफ्नै देशमा पनि आउन पाएका छैनन् । अब उनीहरूको मुक्ति क्रान्तिले बाहेक अन्य तरिकाले समाधान हुने सम्भावना छैन ।

बैज्ञानिक समाजवाद निर्माण गर्न उत्पीडनमा परेका सबै पेसा ब्यवसायका मानिसहरूलाई कम्युनिष्ट पार्टीको झण्डा मुनि एकीकृत गरेर बिद्रोह गरेमा आजै बैज्ञानिक समाजवाद सम्भव छ । सबै समस्याहरूको निकास बैज्ञानिक समाजवादमा मात्र हुन्छ ।

यश सरकारका बिरूध्द अब छिट्टै बिद्रोह हुने देखिन्छ । स्वस्फूर्त क्रान्तिले अराजकता लुट पाट निम्ताउँदछ । क्रान्तिलाई राजनीतिले नियन्त्रण सन्चालन गरेर मात्र समाजलाई बैज्ञानिक समाजवाद ,जाहाँ उत्पादन शक्तिका अधिनमा उत्पादनको सम्बन्ध स्थापित गर्न सकिन्छ । सर्वहारा मजदुर किसानहरूका पार्टीहरूको बिसर्जन भएको छैन । माओवादी जनयुध्दकै शक्तिबाट विप्लवले नेपाल कम्युनिष्ट पार्टी सन्चालन गरिरहेका छन् । यसले जनसेना जनसरकारको निर्माण गरी जनसत्ताको अभ्यास समेत गर्दै आएको छ । जनयुध्दको मूख्य नेतृत्व मध्येका एक हस्ती मोहन बैध्यको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी ० छ । त्यस बाहेक अन्य समुहहरू पनि छन् । अझै भाट नबनेका धेरै लेखक कलाकारहरू पनि छन् ।

अब बैज्ञानिक समाजवाद स्थापना गर्न सबै क्रान्तिकारी जुट्न आवस्यक छ । द्वन्द्ववादले वाद प्रतिवाद र सम्वादमा बिश्वश गर्दछ । एकता सङ्घर्ष र रूपान्तरणको द्वन्द्ववादलाई अवलम्वन गरेमा एकै उद्येस्य भएकाहरू मिल्न नपर्ने कुनै कारण छैन ।अबको एक मात्र बिकल्प बैज्ञानिक समाजवाद हो । बैज्ञानिक समाजवाद निर्माण गर्न उत्पीडनमा परेका सबै पेसा ब्यवसायका मानिसहरूलाई कम्युनिष्ट पार्टीको झण्डा मुनि एकीकृत गरेर बिद्रोह गरेमा आजै बैज्ञानिक समाजवाद सम्भव छ । सबै समस्याहरूको निकास बैज्ञानिक समाजवादमा मात्र हुन्छ । अबको बिकल्प भनेको बैज्ञानिक समाजवाद मात्र एक हो ।