यो आलेखमा बिभिन्न मानसिक समस्याहरुमा अती नै प्रभावकारी मानिएको सिबिटी अर्थात Cognitive Behavior Therapy को बारेमा परिचय दिन खोजिएको छ।
औषधी प्रयोग गरे पनि अथवा नगरिकन बिभिन्न मनोबैज्ञानीक तरिकाले मानसिक रोग र समस्याहरुको उपचार गर्ने बिधिलाई साइकोथेरापी भनिन्छ। धार्मिक र दार्सनिक् रूपमा मनोबैज्ञानीक सिद्दान्त हरु प्राचिन कालबाट प्रचलित भएपनी बिसुद्द बैज्ञानीक तरिकाले मानबिय मन,भावना, अनुभुती, सोचाइ र व्यबहार र यसमा देखिने बिभिन्न समस्याको व्याख्या र समाधान गर्न सक्ने आधुनिक मनोबिज्ञानको सुरुवात भएको धेरै भएको छैन। बिभिन्न समस्यामा मेडिकल औषधीहरु प्रभावकारी देखिन्छन तर प्राय सबै समस्यामा प्राथमिक रूपमा साइकोथेरपी को प्रयोग, त्यसले नभए साइको थेरापी सँगै औषधी सेवन गर्नु उपयुक्त मानिन्छ। परम्परागत रूपमा हामीले मान्दै आएका धामी,झाक्री, देबी-देबता हरुको प्रचलन पनि एक खालको साइकोथेरपी नै हो तर बैज्ञानीक बिकास सँगै हाम्रो चेतना बिकसित भएसगै त्यस्ता खाले परम्परागत बिधी हरुको मान्यता र प्रभाबकारीता कम हुँदै गएको छ र जानु पनि पर्छ।
आधुनिक मनोबिज्ञानको दरिलो सुरुवात गर्ने श्रेय सिग्मन्ड फ्रायड्लाई दिन सकिन्छ। फ्रायड महोदयले सुरु गरेको साइकोथेरपी बिधिलाई साइकोएनालिसिस अर्थात मनोबिश्लेषण भनिन्छ। यस बिधिमा मानिसको मन भित्र दबेर रहेका भय, भावना इच्छा आदिको पहिचान गरिन्छ र त्यसले उत्पन्न गरेका मानसिक समस्याको निराकरण गर्न बिरामीलाई सजग गराइन्छ। बिसौ सताब्दिको सुरु देखी लगभग सत्त्तरिको दशक सम्म पनि युरोप र अमेरिकामा यो बिधी प्रचलित रह्यो। तर यो बिधिको लागि लामो समय लाग्ने हुनाले खर्चिलो देखियो भने कतिपय यसका सैद्दान्तिक कुराहरुमा पनि मनोबैज्ञानीकहरु विश्वस्त हुन सकेनन। त्यसपछी सुरुमा बिटी अर्थात Behavior Therapy प्रचलनमा आयो। यस थेरपिमा मानसिक समस्याको कारण उसले गर्ने व्यबहार नै हो भनेर मानिन्छ र व्यबहार परिवर्तनमा जोड दिइन्छ। यस् थेरपिको प्रणेताको रूपमा जोन वाट्सन लाई मानिन्छ। तर प्रयोगको क्रममा के देखियो भने एकातिर व्यबहारमा मात्र परिवर्तन गर्नु गार्हो देखियो अनी सोचाइ र विश्वाशमा परिवर्तन नगरि व्यबहारमा मात्र गरिएको परिवर्तन दिगो देखिएन। जती नै दबाउन खोजे पनि आखिर मान्छेको मनको चिरफार नगरि मनोबैज्ञानीक उपलब्धी हासिल हुन सकेन। त्यसपछी थेरापिमा मान्छेको मन र व्यबहार दुबैलाई सम्बोधन गर्न सक्ने बिधि- सिबिटी अर्थात Cognitive Behavior Therapy को बिकास भयो। यो बिधिको मुख्य प्रणेताको रूपमा एरोन बेक लाई मानिन्छ।
सिबिटी लाई बुझाउनको लागि ABC फ्रेमवर्कको प्रयोग गरिन्छ। एक्छिन तलको चार्ट तिर हेरौ।

यस चार्टमा ए भनेको Activating Event हो। हामीले के कुरा बुझ्नुपर्छ भने हाम्रो कुनै पनि मानसिक समस्याको लागि कुनै न कुनै घटना कारणको रूपमा रहेको हुन्छ। घटना आँफैमा राम्रो वा नराम्रो हुँदैन तर त्यसले हाम्रो सोचाइ र व्यबहारमा भने असर गरिरहेको हुन्छ। एउटै घटनाले फरक फरक मान्छेलाई फरक फरक तरिकाले प्रभाव पारीरहेको हुन्छ। त्यस्तो किन हुन्छ त?
सिबिटिका अनुसार कुनै पनि घटना घट्ने बित्तिकै त्यो घटनाका बारेमा हाम्रो के विश्वाश हुन्छ त्यसले नै उक्त घटनाले हाम्रो जिबनमा कस्तो प्रभाव पार्छ भन्ने निर्धारण गर्छ। किन भने घटना प्रती कस्तो प्रतिकृया जनाउने भन्ने कुरा हाम्रो विश्वाशमा आधारित हुन्छ। माथिको चार्टमा विश्वाशलाई B भनी अन्कित गरिएको छ।
यदी हाम्रो विश्वाश उक्त घटना प्रती सकारात्मक छ भने हाम्रो प्रतिकृया पनि सकारात्मक नै हुने भयो र यदी हाम्रो विश्वाश नकारात्मक छ भने सोही अनुसारको हुने भयो। प्रतिकृया हाम्रो मानसिक भावना र अनुभुतिको रूपमा पनि हुन सक्छ अथवा यो व्यबहारमै देखिन पनि सक्छ। माथिको चार्टमा हाम्रो प्रतिकृयालाई C भनी अन्कित गरिएको छ।
तपाईंले मोटिभेसनल साहित्य पढ्दा, सुन्दा वा हेर्दा सकारात्मक विश्वाश राख्नु पर्छ भन्ने कुरा धेरै पटक थाहा पाउनु भयो होला तर हामी कसरी नकारात्मक हुन्छौ भन्ने कुराको बैज्ञानीक व्याख्या भने शायदै पाउनु भयो होला। सिबिटी फ्रेमवर्कमा सामान्यतया दस प्रकारका नकारात्मक विश्वाशको व्याख्या गरिएको छ। कतै कतै पन्ध्र किसिमका पनि उल्लेख भएको पाईन्छ। यि नकारात्मक विश्वाशलाई सिबिटिमा Cognitive Distortions भनिन्छ।
यसरी सिबिटिमा कुनै पनि ब्यक्तिमा रहेका कुनै पनि बिषय प्रतिको Cognitive Distortions को पहिचान गरेर त्यसको ठाउमा उपयुक्त विश्वाश वा धारणाको बिकास गर्ने प्रयत्न गरिन्छ। र त्यसले ब्यक्तिको व्यबहारमा अबस्य नै परिवर्तन त ल्याउने नै भयो।
आजको यस लेखमा हामीले सिबिटिको परिचय दिने काम गर्यौ। अर्को लेखमा हामी दस वा पन्ध्र प्रकारका Cognitive Distortions को परिचय गर्नेछौ।




