क्वारेन्टाइनको कथा सुखद् बनाऔं

कोरोना भाईरस रोग (कोभिड-19) को महामारी रोकथामका लागी एकदमै महत्वपूर्ण रोकथामको उपाय मानियको छ क्वारेन्टाईनलाई । र आजको दिन सम्ममा करीव नौ हजार भन्दा बढि लाई देशको विभिन्न स्थानमा स्थापना गरेको क्वारेन्टाईनमा राखीएको छ । भने बाकी हामी आफ्नै घरमा होम क्वारेन्टाइनमा छौ। अहीलेको परिस्थीमा बिहान उठे देखि बेलुकी सुत्नेबेला सम्म हामी कोरोना भाईरस रोगमहामारीकै बारेमा चाहेर वा नचाहेरै कुरा गरीरहेका हुन्छौ भने क्वारेन्टाईनमा हाम्रो वसाई कत्तिको सुरक्षित छ होलात विचारणीय विषय हो।

अहीलेको यस आपतकालीन परिस्थीतीमा ध्यान दिनुपर्ने तर कतै छुटिरहेको कुरा के छ भने क्वारेन्टाईनलाई कोरना भाईरस महामारीको एउटा महत्वपूण रोकथामको उपाए मानेर जताततै क्वारेन्टाईन स्थापन गर्ने लहर चलिरहेको छ। तर के त्यहाँ गुणस्तरीय क्वारेन्टाईन स्थापना एंव संञ्चालन निर्देशिका बनएर सोही अनुसार संचालन गरिएको छ ? एकदमै सोचनुपर्ने विषय हो यो।पक्कै पनि हामी शंङ्कास्पद व्यक्तिहरुलाईनै छुटै क्वारेन्टाईनमा राख्छौ र शंङ्कास्पद भन्ने बित्तिकै उक्त व्यक्तिहरुमा कोरोना भाईरस हुन पनि सक्छहै भन्ने हो। हामिले विचार गरेका छौ त्यस्ता व्यक्तिहरु द्बारा क्वारेन्टाईनमा रहदा दैनिक रुपमा निस्केको फोहरको व्यवस्थापन कसरी भइरहेको छ? कतै त्यही संक्रमित फोहर पछी संक्रमणको स्रोत त बन्ने होइन ?

त्यस्तै अर्को छाँयामा परेको विषय छ, मानसिक स्वास्थय । हामी कतिपय आफ्नो घरमा विभिन्न सुबिधाहरु उपभोग गर्दै आफ्नो परिवार संगैबसिरहेका छौ। त्यैपनि हामी बिचलित छौ भने घरभन्दा बाहीर क्वारेन्टाईन रहनु भएका व्यक्तिहरुको मानसिक स्वास्थ्यको बारेमा कस्ले सोचीदीने ? जसले केही सोचिरहेको छ उसले केही गर्न सकिरहेको छनै र जसले केही गर्न सक्छ उसले अहिले यहाँसम्म सोच्नै भाएको छैन। क्वारेन्टाईनमा रहदा ख्याल गर्नुपर्ने अर्को महत्वको विषय छ पोषण। घरमै क्वारेन्टाईनमा रहदा होस वा अन्य स्थानका क्वारेन्टाइनमा रहदा कत्तिको महत्व पाइरहेको छ त पोषणले ? एक पटक यसको बारेमा पनि सोच्ने हो की ? विश्व स्वास्थ्य संगठनले हालै नयाँ निर्देशिका जारी गरेको छ। जसमा क्वारेन्टाईनमा रहँदा के खाने, के नखाने, कति र कसरी खाने लगायत विषय उल्लेख छ। जसको पालना गर्दा क्वारेन्टाईनमा रहेका हरेकलाई स्वस्थ रहन मद्धत गर्नेछ। तर हामीमध्य कति यसको बारेमा जानकारछौ र कतिले यसको अनुसरण गरेका छौ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७६।१२।२० को प्रतिवेदन अनुसार  सातै प्रदेशमा गरी जम्मा २४६३९ क्वारेन्टाईन बेड स्थापना गरीएको र जसमा मिति २०७६।१२।१९ सम्ममा  ८५०५ जना लाई क्वारेन्टाईनमा राखिएकोछ। यि सबै स्थानमा सरकार नपुग्न पनि सक्छ किनकि सरकारलाई अहिलेको अवस्थामा स्वास्थ्यकर्मीका लागि सुरक्षाका उपकरण र औषधीको व्यवस्थापन गर्नै भाइनभ्याइछ । यस्तो अवस्थामा हामी राष्ट्रसेवक र आम जनसमुदायको पनि आफ्नो केही महत्वपूर्ण भुमिकाहरु रहेको हुन्छ। पहिलो कुरा त क्वारेन्टाईन हाम्रौ लागी हो भन्ने बुझ्न जरुरी छ। यो कुनै सजाय नभएर कोरोना भाईरस महामारी रोकथामको महत्वपूर्ण उपाय हो।

यसले परिवारका सदस्यहरु एंवम समुदायमा रोग फैलनबाट रोक्न मद्धत गर्दछ। त्यसैले यो उपायलाई प्रभावकारी बनाउन हामी आफु पनि रचनात्मक तरीकाले प्रस्तुत हुन जरुरी छ। कमजोरी देखाएर खोटमात्र लगाउने भन्दा पनि आफ्नो दायित्व वहन गर्ने समय हो यो। सरकारले केही गर्न सकेन भनेर आरोप लाउनुमात्र भन्दा पनि सरकारले गरेका निर्णयहरु पालना गर्दै सुरक्षित बसेका छौ कि छैन एकचोटि त्यता पनि विचार गर्ने होकी ? क्वारेन्टाईनमा राख्न खोज्दा आत्महत्याको प्रयास, क्वारेन्टाईनबाट भाग्ने प्रयास जस्ता समचाहरु बन्न बन्द गर्ने हो की ?

अन्तयमा, एक जनाको प्रयासले मात्र यो महामारी रोक्न ग्राहो छ बरु एक जना मात्र नै यसको महामारी निम्त्याउन काफि छ भन्ने कुरालाई राम्रोसंग मनन गरौ। सरकारलाई मात्र दोष दिने, र स्वास्थ्यकर्मीको मनोवल घटाउने कम नगरौ। आफु सुरक्षित रहन एकदमै राम्रोसंग कोरोना भाईरस रोकथाम तथा सुरक्षाका उपायहरु अप्नाउ। होम क्वारेन्टाईन होस वा सरकार द्भारा निर्मित क्वारेन्टाईन जहाँ भए पनि सुरक्षित भएर बसौ। कोही कसैलाई पनि महामारीको कारण बन्न नपरोस।क्वारेन्टाईनको कथा सफल कथा बन्न सकोस।

अनेरास्ववियूका नेता लेखक एमपिएच अध्ययनरत छन् ।