कविता : अब युग कसको ?

हामी पर्कृति हौं
याने कि पर्कृतिको पर्स्वासमा बॉच्ने मान्छे
यहॅसम्म चरा,गोही, सर्प ,जनावर,कितपंतग सारा जगत पर्कृतिको इकोसिस्टममा बाच्छ
अनुकुलतामा जीउॅछ
पर्तिकुलताको अर्थ ?
हामी महंवाकांछी भयौं
हाम्रो चेतन मस्तिश्क नै सैतान भयो र
विनास गर्यौं आफ्नै आफ्नो अनुकुलताको
आफ्नै पर्यावर्णको
निलो सागरको
निलो आकाशको
र हरीया जंगलहरुको
अचेल चिहानघारीलाइ पनि पर्तिकुलता बॉच्न हम्मे हम्मे पर्छ
चिहानघारीका हरिया बासघारीहरुअचेल ताजा सुसेली हाल्दैन्
अचेल पानीका मुलहरु चिहानघारीका बासघारीबाट
कलकल गरी बग्दैनन्
चीहानघारीका ओतहरु अचेल मृतआत्माहरुमाथि ताजा र सुकीला चीस्यानहरु चढाउदैनन्
चीहानघारी अचेल चिहान जस्तै डरलाग्दो गरी सुकीसकेको छन्
त्यहॉ बालीएका बत्ति र चढाइएका फुलले कुनै अर्थ राख्दैनन् जबसम्म चीहानघारीमा पानी पर्दैन,
ति बासका मुनाहरु उम्रदैनन् र
ति मरेका दुबोहरु आत्मा संगालेर मृतआत्माहरुका आत्मा बाड्डैनन्
हामीले ति चिस्यानमा उमर्ने रुखहरु जस्तै यी पर्कृतिमा जीउने अनुकुलतालाइ लाइ मार्यौ
सुळझाउन जानेनौ या आवश्यक नै थानेनौ
सिम्पल छ आगो बाल्यौं ?
तर निभाउन जानेनौ
र यो पनि पर्कृतिको अनुकुलता विरुद्द जानुको एउटा डरलाग्दो परीणाम हो
हामी अहिले त्यही सानो किरोसंग सारा संसार नै लडिरहेको छ
कि हामीले सिक्नुपर्नेर सुल्झाउनु पर्ने कुरा धेरै छ !!