काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष नेकपामा प्रवेश

बैतडीमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

जिल्लाको डिलाशैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् । उनि विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमानेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

पुर्चौडी नगरपालिका–४ भटनामा आयोजित चुनावीसभामा निर्वाचित अध्यक्ष धामीसँगै १५ जना नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिएका छन्। उनीहरुलाई नेकपाका नेता भानुभक्त जोशीलगायतले स्वागत गरेका थिए ।