ताजा समाचार

श्रावण ३१ गते २०७६

अन्ततःटुंगियो नेकपाको बिवाद

सत्तारुढ दल नेकपाभित्र लामो समय देखि टुंगो लाग्न नसकेको कार्यविभाजनको बिवाद अन्तत टुंगिएको छ । ३३ वटा विभागको कार्यविभाजन गर्दै नेतृत्वले बिवाद टुंगाएको हो ।

आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले लामो समयदेखि चर्चामा रहेको स्कुल विभागको जिम्मा इश्वर पोखरेललाई दिएको छ भने प्रचाप्रसार विभावमा नारायणीकाजी श्रेष्ठ रहेका छन् ।

यसैगरी विदेश विभाग माधवकुमार नेपाल , संगठन विभागमा बामदेव गौतम , अर्थ विभाग सुरेन्द्र पाण्डे , पर्यटन विभाग योगेश भट्टराई र नीति तथा प्रतिष्ठान विभागको जिम्मेवारी झलनाथ खनाललाई दिईएको छ ।

पछिल्लो समय पार्टीका नीतिबारे प्रशिक्षण दिने स्कुल विभागको जिम्मा कसलाई दिने भन्नेबारे कुरा नमिल्दा बैठक लम्बिरहेको थियो।