कुनै समयकी नम्बर वान नायिका रेखा थापा यतिबेला आफनो राजनीतिक अभिव्यक्तिको कारण चर्चामा आउँने गरेकीछिन् । पछिल्लो समय सरकारको कट्टर आलोचक र विप्लव समूहको प्रशंसक बन्दै आईरहेकी उनी यही कारण पनि लाईमलाईटमा आईरहेकीछिन् ।
तत्कालीन एमाओवादीमा प्रवेश गर्दै कमल थापाको पार्टी राप्रपा नेपाल हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) मा केन्द्रीय सदस्य समेत बनेकी उनले सरकारले विप्लवलाई प्रतिबन्ध लगाउँदा समेत उनले कडारुपमा आलोचना गरेकी थिईन् । उनी विप्लव समूहलाई देशभक्त बन्न रुचाउँछिन् । उनले विप्लवले पनि सरकार नेतृत्व गरेको हेर्न चाहेको बताएकीछिन् ।
एक अन्तरावार्ताको क्रममा उनले अहिले यदि सरकारले विप्लवसंग वार्ताको लागि पहल गरिरहेको हो भनेस करात्मक भएको भन्दै २ तिहाईको सरकारले जुनसुकै हालतमा विप्लवसंग भएको वार्ता सकरात्मकरुपमा टुंग्याउँनु पर्ने उनले बताईन् । सरकारले विप्लवलाई फकाएर सम्झाएर के गरेर हुन्छ मुलधारमा ल्याउँनु पर्ने उनको भनाई छ ।
विप्लवका नेता तथा कार्यकर्ताहरुलाई इन्काउन्टर भन्दै मार्ने गरेको भन्दै उनले सरकारले नै द्धन्द चाहेको जस्तो पनि देखिएको उनको आरोप छ । सरकारले एनसेलबाट कर समेत उठाउँन नसकेको , गरिब जनताले समेत कर तिरिहेको अवस्थामा नेताहरुको मात्र झोला भरिने जस्तो देखिएको एनसेलले कर तिर्नु पर्छ होईन भने बन्द हुनु पर्छ भन्दै विप्लवले एनसेलको कार्यालयमा बम बिस्फोट गराएको उनको ठम्याई छ ।
उनले विप्लवले मान्छे ताकेर बम नहानेको तर एनसेल बिस्फोटको क्रममा दुर्घटनाबस मानविय क्षति हुँदा माफी समेत मागेको उनको भनाई छ । उनी भन्छिन् “यहाँ त बिदेशी कम्पनी आएर जे पनि गर्दा भयो । नेपाली नागरिकले खोलेको कम्पनी जहिले मारमा पर्ने । बैंकहरुले समेत बिदेशीलाई लगानी दिने तर आज एउटा गरिबको छोराले म केही गरिखान्छु भनेर ऋण खोज्दा पाउँदैन । यो देश कसका लागि हो ? त्यसैले विप्लवले उठाएका कतिपय मुद्धाहरुमा म सहमत छु” ।




