भानुको कविता

१. बाल काण्ड

एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को गरौ हित् भनि

ब्रम्ह्ना ताहि थिया पर्या चरणमा खुसि गराया पनि ।

क्या सोध्छौ तिमी सोध भन्छु म भनि मर्जि भयेथ्यो जसै

ब्रम्ह्नाको करुणा बुझेर ऋषिले बिन्ति गर्या यो तसै ।

हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रयाछु कछु

बाकि छइन केही तथापि सुन्न इच्छ्या म यो गर्द्छु ।

आउ लाज भयो कलि बखतमा प्राणी दुराचार भइ

गर्न्याछन सब पाप् अनेक तरहका निज्का मतिमा गइ ।

साच्चो कुरा गरोइनन् अरुकोइ गर्नन् त निन्दा पनि

अर्कको धन खानलाई अभिलाष् गर्नन् त दियो भनि ।

कोहि जन् परस्त्रिमा रतहुनन् कोही त हिम्सा महा

देहलाई त आत्मा जानी रहलान् नास्तिक पसु झहि तहाँ । ।

घाँसी

भर् जन्म घाँस तिर मन् दिई धन कमायो

नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

म भानुभक्त धनी भैकन किन यस्तो ।

मेरा ईनार न त सत्तल पाटिकै छन्

जे धन चीजहरु छन् घर भित्रनै छन् ।

त्यस घाँसीले कसरी आज दिए छ अर्ति

धिक्कार हो म कन बस्नु न राखि किर्ति ।