ताजा समाचार

असार १५ गते २०७६

‘प्रेम गीत-३’ को मुख्य नायिकामा आउदै छिन यि हर्ट युवती

सन्तोष सेनले निर्माण/निर्देशन गर्न लागेको नेपाली चलचित्र प्रेम ‘गीत-३’ का लागि नायिका छनोट गरिएको छ।

उक्त चलचित्रका लागी २७१४ जनाले आवेदन दिएकामा कृष्टिना गुरुङ छनौट भएकी हुन् । अव उनलाई नायक प्रदीप खड्काको अपोजिटमा दर्शकले देख्ने भएका छन्।

प्रेम गीतका लागि खुला आवेदन माग गरिएको थियो। ‘प्रेमगीत ३’ लाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले संयुक्त निर्देशन गर्दैछन्। छेतेन र मन्दीप गौतमले फिल्मको कथा लेखेका हुन् ।

‘प्रेमगीत ३’ पहिलो र दोश्रो संस्करणभन्दा ठुलो बजेटमा बन्दैछ। जसमा प्रदीप खड्का, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा र अनुभव रेग्मीसहितको अभिनय रहनेछ।