ताजा समाचार

असार १३ गते २०७६

अनुप र नम्रताको प्रेम : ‘आँखैले बोल्छ’ बोलको गीत यस्तो बन्यो (भिडियो)

फिल्म ‘जाइरा’ को गीत सार्वजनिक भएको छ । ‘आँखैले बोल्छ’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । फिल्म भदौ ६ गतेबाट प्रदर्शनमा आउने छ ।

सन्तोष लामाको स्वर रहेको गीतमा कल्याण सिंहको संगीत र रवि मल्लको शब्द छ । गीतको भिडियोमा अनुप बिक्रम शाही र नम्रताको प्रेम देखाइएको छ ।

मार्सल आर्ट खेलाडीको कथामा बनेको फिल्ममा नम्रता र अनुपसँगै प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सिर्जना रेग्मी, सुजता श्रेष्ठ, सम्राट मगर लगायतका कलाकारको अभिनय छ । यस फिल्मका लागि नम्रताले कपाल केटेकी थिइन् ।