ताजा समाचार

असार १३ गते २०७६

प्लस टु सरकारी कलेजमा पढ्छु :करिश्मा

चर्चित नायिका करिश्मा मानन्धरले बी ग्रेड ल्याई एसइई परीक्षा उर्तिण भएपछि उनी निकै खुसी छन् । ८ कक्षा पढ्दा पढ्दै अभियन तिर लागेकी उनी त्यसपछि चलचित्र क्षेत्रमा यसरी व्यस्त बनिन् की उनले आफनो अध्ययनलाई निरन्तरता दिन सकिनन् ।

तर जब उनी तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध भईन् तब एक जना नेताले काम न काजका कलाकारहरु भनेपछि उनको मनमा चिसो पस्यो र औपचारिक शिक्षाको महसुस गरी उनी कक्षा ९ मा भर्ना भएकी थिईन् । अध्ययनकै लागि पछिल्लो समय पर्दामा नआएकी करिश्माले एसइईमा पाएको सफलतापछि उनलाई सबैले बधाई दिईरहेका छन् ।

पढ्न उमेरले छेक्दैन भन्ने राम्रो सन्देश उनले दिएको भन्दै सबैले प्रशंसा गरिरहेका छन् । राजनीतिमा लागेपछि उनले २ फाईदा भयो एक पढाई र अर्काे वकालत गर्न उनी निकै निखारिएकीछिन् । एसइई परीक्षामा उतिर्ण भएसंगै अब उनी व्यवस्थापन बिषय पढ्ने तयारीमा छिन् । उनले अब प्लस टु सरकारी कलेजमा पढ्ने घोषणा गरेकीछिन् । उनले स्कुल जानीनजाने बोडिङमा पढे पनि कलेज पनि सरकारी नै पढ्ने उनको योजना छ ।

उनले भनिन् “मैले जानीनजानी बोडिङ स्कुलमा पढे तर अब चाही म सरकारी कलेजमै पढ्छु” । एसइईको नतिजा सार्वजनिक भएपछि धेरै निजी कलेजहरुको अफर आईरहेको बताए पनि उनले सरकारीमा नै पढ्ने घोषणा गरेकी हुन् । सरकारी शिक्षालाई माथि पु¥याउँनु पर्ने उनको धारणा छ । यो उमेरमा आएर पढ्दा जुन उदाहरण प्रस्तुत भयो उनी अब सरकारी कलेजमा पढेर त्यही उदाहरण दोहो¥याउन चाहन्छिन् । उनी भन्छिन् “मैले कलेज पढेर भयंकर केही गर्न नसकुला तर सरकारी कलेजमा पढ्दा जनतालाई सन्देश दिन सकु” । सरकारीमा नराम्रो र निजीमा पढ्दा राम्रो हुन्छ भन्ने मानसिकता तोड्नु पर्ने उनको भनाई छ ।