भारतको चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ जना बालकले सहभागीता जनाईरहेका छन् । ईटहरीका प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले शोमा नेपालको नाम चम्काईरहेका छन् ।जि टिभीबाट प्रसारण हुँदै आएको उक्त शोको हरेक प्रस्तुतीमा कडारुपमा प्रस्तुत भईरहेका प्रितम र आयुष फाईनलमा प्रबेश गरेका छन् । शनिबार र आईतबार प्रसारण भएको कार्यक्रममा आफनो अद्भुत प्रस्तुती दिएका उनीहरु टप ६ मा प्रबेश गरेका हुन्
जि टिभीबाट प्रसारण हुँदै आएको उक्त शोको हरेक प्रस्तुतीमा कडारुपमा प्रस्तुत भईरहेका प्रितम र आयुष फाईनलमा प्रबेश गरेका छन् । शनिबार र आईतबार प्रसारण भएको कार्यक्रममा आफनो अद्भुत प्रस्तुती दिएका उनीहरु टप ६ मा प्रबेश गरेका हुन्
प्रितम र आयुष दुबै जना सुरुवाती चरणबाट नै शोमा अब्बलरुपमा प्रस्तुत हुँदै आएका थिए । सेमिफाईनलको प्रस्तुतीमा प्रितम आचार्यले आफनो धमाकेदार प्रस्तुती दिए । एक पछि अर्को गर्दै शोमा आफनो चमत्कारी र अद्भुत गायन प्रस्तुती दिँदै आएका प्रितमको उक्त प्रस्तुती आङ जिरिङ बनाउने किसिमको थियो ।
“हम दिल दे चुके सनम” फिल्ममा समाबेश “तडप तडप के इस दिल” बोलको गीत गाएका थिए । यो सुन्दा जति मिठो सुनिन्छ गाउन निकै गाह्रो छ । हाई स्केलमा भएको उक्त गीत प्रितमले यसरी गाए की जजहरु समेत रोएका थिए । उनलाई जुरी मेम्बरबाट सय प्रतिशत नम्बर ल्याउदै चार्ट बस्टर पफर्मेन्स दिए । उनको यस्तै अब्बल प्रस्तुतीको कारण नै आज उनले फाईनल सम्मको यात्रा तय गरेका छन् ।




