ताजा समाचार

जेठ १५ गते २०७६

ससुराको अन्तिम बिदाईमा काजेल भावविहिल

बलिउडका चर्चित अनि आर्दश माएिका जोडी अजय देवगन र काजोल यतिबेला पितृ शोकमा रहेका छन् ।

अजयको बुवा एवं स्वर्गिय चर्चित द्धन्द निर्देशक वीरु देवगन

८५ बर्षको उमेरमा अजयको बुवा एवं चर्चित द्धन्द निर्देशक वीरु देवगनको ह्रदयघातका कारण निधन भएपछि उनीहरु शोकमा डुबेका हुन् ।

अजयले आफनो बुवाको दाहसंस्कार गरिसकेका छन् । आफनो जन्मदाताको निधनको पीडा अजयले भोगिरहेका छन् भने पिता समान ससुराको निधनले काजोल पनि विक्षिप्त बनिररहेकीछिन् । बुवाको अन्तिम बिदाईमा अजय भन्दा बढि काजोल भावविह्ल देखिईन् ।

उनले रुदै आफनो ससुराको बिदाई गरेकी थिईन् । उनलाई सम्हाल्न पुगेकी एश्वर्याको अंगालोमा बेरिँदै काजोल धरधर्ती रोएकी थिईन् । अजय काजोलको दुखमा बलिउडका चर्चित भन्दा चर्चित हस्तीहरु सान्तवा दिन र अन्तिम बिदाईमा सरिक भएका थिए । वीरु देवगनले बलिउडमा आफनो करियरका लागि निकै संघर्ष गरेका थिए । फिल्ममा हिरो बन्ने रहर पालेर मुम्बई आएका उनी निरास हुदै जन्मघर फर्किएका थिए तर अभिनयको मोहले उनलाई छोडेन ।त्यस समय उनले गाडी धुने देखि लिएर होटलहरुसम्ममा काम गरेका थिए ।

जब उनी हिरो बन्न सकेनन् तब ऐनामा हेर्दै एक दिन आफनो छोरा हिरो बनेरै छाड्ने बताएका थिए । उनको उक्त सपना अजयले पुरा गरेका थिए । हिरो बन्ने सपना पुरा नभए पनि उनले अनीता नामक फिल्म स्टण्ड म्यानको रुपमा काम गरेपछि उनले बलिउडमा आफनो लामो पारी तय गरेका थिए । उनले रोटी कपड़ा और मकान, मिस्टर नटवरलाल, क्रान्ती , पुकार, राम तेरी गंगा मैली, मिस्टर इंडिया, खतरो के खिलाड़ी, शहंशाह, फूल और काँटे, इतिहास , बादशाह लगायतका फिल्महरुमा द्धन्द निर्देशकको रुपमा काम गरेका थिए भने हिन्दुस्तानकी कसम फिल्म समेत निर्देशन गरेका थिए ।