“चपली हाईट” की विनिता बरालले कसिन स्याङजालीसंग लगनगाठो


नेपाली सिनेमा क्षेत्रमा आफनो बोल्ड नायिकाको रुपमा प्रस्तुत गर्दै कुनै समय चर्चित बनेकी नायिका बिनिता बराल अहिले विवाह बन्धनमा बाधिएकी छिन् ।

अमेरिका रहेकी नायिका बरालले प्रेमी तिलक पौडेलसँग हिजो बिवाह गरेकी हुन् ।

बिवाह अघि मेहन्दी कार्यक्रमका तस्बिरहरु उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफुले मेई २७ मा बिवाह गर्न लागेको बताएकीछिन् ।

केही समय अगाडी उनले स्याङजाका तिलकसंग इन्गेज्मेण्ट गरेकी थिईन्। तिलक फिजिक्स साइन्समा पिएचडी गर्दैछन् भने एमबिए गरेकी बिनिता जागिर गर्दैछिन् ।

चपली हाईट जस्तो बोल्ड फिल्ममा काम गरेकी बिनिता सिनेमा क्षेत्रमा काम गर्दा गर्दै अर्गानिक खेतीतर्फ लागिन् । कृषिमा लाग्दै गर्दा उनले खुबै प्रशंसा बुटलिन् । युवा बर्गका लागि उनी प्रेरणाको पात्र भएको भन्दै उनको खुबै चर्चा भएको थियो । त्यसपछि अध्ययनका लागी भनेर अमेरिका गएकी थिईन् ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं