नेपाली लोक तथा दोहोरी गीत संगितको क्षेत्रमा सर्वाधिक चर्चित अनि मंहगी गायिका हुन बिष्णु माझी । उनले गाएका अधिकांश गीतहरु चर्चित बनेका छन् ।
पछिल्लो पटक ‘सालको पात टपरी’ हुने सुपरहिट भएपछि त उनलाई यस्तै शैलीका गीतहरुको अफर ह्वात्तै बढेको छ । यसबीचमा बिष्णु माझीकै ‘सालको पात टपरी’ शैलीको नयाँ गीत सार्वजनिक भएको छ । ‘छिपछिपे पानीमा लेऊ’ बोलको गीतमा गीतमा बिष्णु माझीसंगै पिताम्बर जीसीको आवाज रहेको रहेको छ ।
गीतमा एकनारायण भण्डारीको शब्द र संगित रहेको छ भने आशिष अबिरलको संगीत संयोजन रहेको छ । गीतको भिडियो पनि निकै राम्रो बनेको छ । भिडियोमा चर्चित नायक दिलिप राइमाझी र सुरक्षा पन्त फिचर्ड रहेका छन् । प्रकाश भट्टको कोरियोग्राफी र निर्देशन मा बनेको भिडियोमा यी दुईको जोडीले गीतमा सुनमा सुगन्ध थपिदिएको छ ।




